अध्यादेश फिर्ता हुँदैमा अध्यादेशबाट प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको ‘अपहरणको शैली’मा सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।
‘अध्यादेश फिर्ता भए पनि यो प्रकरण संग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ. ‘नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कार्वाहीका लागि अपिल गर्दछ ।’