सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो

 न्यूज विराट
सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो

सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ ।

किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

किशोरको परिवारका ५ सदस्यलाई धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसीले बताए । किशोर बुधबार साँझ क्वारेन्टाइनबाट आफ्नो घर गए पनि उनी आफ्नो परिवारका सदस्य बाहेक कसैको सम्पर्कमा नगएको उनले जानकारी गराए । गाउँपालिकामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ जिसीले बताए ।

गत शुक्रबार वैशाख ५ गते आरडिटी रिपोर्ट पोजिटिभ देखिएपछि किशोरलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पीसीआर जाँचका लागि लगिएको थियो । त्यहाँ किशोरमा कोरोना सङ्क्रमण नदेखिएपछि वैशाख ७ गते धनकौलको क्वारेन्टाइनमा पठाइएको थियो ।

ती किशोरलाई जनकपुरबाट धनकौल पठाएको चार दिनपछि बिहीबार पुनः कोरोना रहेको भन्दै रिपोर्ट आएको हो ।टेकुमा गरिएको परीक्षणमा किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएको बिहीबार सार्वजनिक गरिएको छ ।

लकडाउनको बेला ती किशोर गत चैत २३ गते भारतको राजधानी नयाँदिल्लीबाट रौतहटको गौर हुँदै धनकौल फर्केका थिए ।सङ्क्रमित किशोर नयाँदिल्लीस्थित एक ब्याग फ्याक्ट्रीमा काम गर्दै आएका थिए । भारतबाट १ किशोर आएको सूचना पाएलगत्तै प्रहरीले हरकठवास्थित क्वारेन्टाइनमा लगेर उनलाई राखेको थियो ।

थप १ जनामा पोजेटिभ

ईश्वरपुर नगरपालिकामा बिहीबार आरडीटी गर्दा १ व्यक्तिमा पोजिटिभ नतिजा आएको छ ।ईश्वरपुर–९ रामनगर निवासी ५८ वर्षीय १ पुरुषलाई आरडीटी विधिवाट कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको सर्लाहीका प्रजिअ जिसीले जानकारी दिए ।

ती पुरुषको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । धेरैजसो आरडीटी पोजिटिभ देखिएको ‘केस’ मा पनि पीसीआर परीक्षण गर्दा नेगेटिभ नतिजा आउने भएका कारण आरडीटी प्रभावकारी नरहेको देखिएको छ । रासस

सम्बन्धित समाचार

सप्तकोशीको कटानबाट प्रभावितलाई स्थानान्तरण गर्नू:गृहमन्त्री खाण

उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सप्तकोशीको...

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको  छ । पार्टीको केन्द्रीय निर्वाचन...

नेपाली मोडलको कोभिड आईसोलेसन सेण्टर निर्देशिका तयार

काठमाडौं, ३० वैशाख-कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आईसोलेसन सेण्टर निर्माण गर्ने निर्देशिका तयार भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता र अन्तराष्ट्रिय अनुभवको अध्ययनबाट तयार भएको निर्देशिका स्वास्थ्य मन्त्रालयमा बुझाईएको सोसाइटी...

भारत र चिनियाँ सैनिकबीच भिडन्त, भारतका वरिष्ठ सैन्य अधिकारीसहित ३ को मृत्यु

एजेन्सी, असार २-लद्दाखको गलवानमा भारत र चीनका सैनिकबीच झडप भएको छ । झडपमा भारतीय एक सैनिक अधिकारीसहित ३ जनाको ज्यान गएको भारतीय सरकारको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । भारतीय र चिनियाँ सैनिकबीच...

प्रहरी प्रधान कार्यालयका ८५ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ साउन-नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको  प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए...

लागूऔषधसहित मोरङको टंकिसिनवारीबाट १७ जना नियन्त्रणमा

विराटनगर । प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसिनवारीबाट चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका मध्ये पाँच जनाको...

प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै

जनकपुर, १८ वैशाख-मिथिला बमकाण्डमा मारिएका शहिदको स्मरणमा जनकपुरसहित प्रदेश–२ को विभिन्न स्थानमा आज बलिदानी दिवस मनाइँदै छ । बलिदानी दिवसको अवसरमा मिथिला राज्य स्थापनाको माग गरिएको छ । मिथिला राज्यको माग गर्दै १८ वैशाख २०६५...

बझाङमा पहिरोले १७ घर बगायो

काठमाडौं, २० असार-बझाङको केदारस्युँ गाउँपालिका-८ मा पहिराले १७ घर बगाएको छ । शुक्रबार राति परेको वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका-८ को मल्लेसका १७ घर बगाएको हो । बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्