४३ हजार बढीको कोरोना परीक्षण, ४७ जनामा संक्रमण, ९ जना निको भएर घर फर्किए

 न्यूज विराट
४३ हजार बढीको कोरोना परीक्षण, ४७ जनामा संक्रमण, ९ जना निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबारसम्म ४३ हजार बढीको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४३ हजार ७ सय २२ जनाको परीक्षण गरिएको जानकारी दिइएको हो । यी परीक्षण पीसीआर र आरडीटी  विधिबाट गरिएको हो ।

पिसिआर विधिबाट ९ हजार १ सय ९९ र आरडीटी विधिबाट ३४ हजार ५ सय २३ जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिएको हो । २४ घण्टाको अवधीमा ३ हजार ३ सय ५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

परीक्षणका क्रममा बिहीबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले बताए । थपिएका २ सहित कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

आज थप २ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् । उनीहरू काठमाडौंको पेप्सीकोलासित सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष हुन् । उनीहरूको ललितपुरको पाटन अस्पतालमा उपचार गरिएको थियो ।

सम्बन्धित समाचार

राससको जिल्ला समाचारदाता दाहाल पुरस्कृत

विराटनगर । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा मोरङका जिल्ला समाचारदाता मनोज दाहाल उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुनु भएको छ ।सो पुरस्कारको राशि रु २० हजार छ ।कोशी प्रदेशका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी...

हुलाकी सडकको काम हप्तादिन भित्र सुरु नगरे आन्दोलनमा उत्रिने मोरङका सांसद र पालिका प्रमुखको चेतवनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम एक साता भित्र काम सुचारू नभए जनता साथमा लिएर आन्दोलनमा उत्रिने जनप्रतिनधीहरूले चेतवनी दिएका छन् । मोरङका संघीय सांसद, प्रदेश र पालिका प्रमुखहरुले बिहीवार...

एड्सजस्तै कोरोना कहिल्यै अन्त्य नहुन सक्छ : डब्लुएचओ

एजेन्सी, जेठ १-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वबाट कहिल्यै अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन मामला निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअअ प्रेस कन्फ्रेन्समा भने, ‘कोरोना हामीबीच क्षेत्र विशेषको एक...

नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत

काठमाडौं, ३० साउन-नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको...

मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने

विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो । पछिल्लो...

दक्षिण कोरियामा कोरोना संक्रमित बढे

एजेन्सी, साउन २०-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ । योसँगै यहाँ मंगलबारसम्म कोरोनाका संक्रमितहरूको संख्या १४ हजार...

सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

काठमाडौं, ९ असोज-स्विट्जरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन् । महामारीका कारण आप्रवासीले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश...

नयाँ नक्साप्रति भारतको प्रतिक्रियाः यो कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन

काठमाडौं, ७ जेठ-लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले प्रतिक्रिया जनाएको छ । आज नेपालले आधिकारीकरूपमा नक्सा जारी गरेसँगै भारतले औपचारिक प्रतिक्रिया जनाएको हो ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्