बागलुङ अस्पतालमा उपचाररत युवतीको पाँचौँ पटकको रिपोर्टमा देखिएन कोरोना

 न्यूज विराट
बागलुङ अस्पतालमा उपचाररत युवतीको पाँचौँ पटकको रिपोर्टमा देखिएन कोरोना

पोखरा, ११ वैशाख -कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी १९ वर्षीया युवतीको स्वाब परीक्षणमा नेगेटिभ रिपाेर्ट आएको छ । उनको पाँचौँ पटकको स्वाब परीक्षणका क्रममा नेगेटिभ रिपाेर्ट आएको हो ।

उनको पाँचौँ पीपीसीआर रिपार्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।गत चैत ४ गते कतार एयरवेजको बिमानबाट नेपाल आएकी काठमाडौंकी १ युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीसँग एउटै विमानमा आएका यात्रुहरूको पहिचाहन गरी जाँच गर्दा बागलुङ नगरपालिका– ४, कुँडुलेकी ती युवतीमा पनि संक्रमण देखिएको थियो । उनी नेपालको पाँचौँ संक्रमित हुन् ।

उनलाई चैत १५ गते कोरोना भाइरसको परिक्षणका क्रममा पोजिटिभ भएको पुष्टि भएपछि बागलुङ अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । उनी बेल्जियमबाट फर्केकी थिइन् ।

सम्बन्धित समाचार

सामूहिक बलात्कार प्रकरण, कराँते प्रशिक्षक राउत र सुवेदीलाई ८ वर्ष कैद र जनही ३ लाख जरिवनाको फैसला

विराटनगर । १९ वर्षीया किशोरीलाई सामुहिक बलत्कार गरेको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई अदालतले कैद सजाय निर्धारण गरेको छ । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले...

आगामी बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन...

अर्किड कलेजमा विद्यार्थीको आकर्षण, कक्षा ११ को प्रवेश परीक्षा दिने विद्यार्थीको भिड

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज (विहबार) प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका गरी ९ सय ९७ जना विद्यार्थीले...

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

एजेन्सी, चैत २७-साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।...

बुढीगंगामा मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, १४ फागुन । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले आक्रमक ढंगले संगठन सुदृढीकरण अभियानलाई तीब्रता दिएको छ । दलित समुदायका सवाल र मुद्धाहरुलाई राजनीतिकरुपमा उठान गर्दै आएको मुक्ति समाजले...

आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ भदौ-आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसाे प्रदेश- १,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा...

वुहान प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण मसँग छ : ट्रम्प

एजेन्सी, बैशाख १९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको आफूसँग प्रमाण रहेको दाबी गरेका छन् ।गुप्तचर एजेन्सीले कोरोना भाइरस जानीबुझी बनाएको नदेखिएको बताएकै दिन ट्रम्पले भने आफूसँग कोरोना भाइरस पैदा गरेको प्रमण रहेको...

कास्कीमा १९ महिने बालिकामा कोरोना

पोखरा, ६ असार-कास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा शनिबार बिहान ७ जिल्लाका ५८ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्