लकडाउनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

 न्यूज विराट
लकडाउनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं, ११ वैशाख-लकडाउन सुरु भएपछिको २९ दिनमा भारतबाट ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत ११ चैतदेखि १० वैशाखसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो ।

सो समयमा २४ हजार २१८ मेट्रिक टन दलहन, ४० हजार ९९ मेट्रिक टन तरकारी, १० हजार ८१८ मेट्रिक टन फलफूल र १० हजार ९९६ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरिएको छ । त्यस्तै, ९७ करोड ६९ लाख ७६ रुपैयाँ बराबरको तयारी औषधि र २१ करोड ९१ लाख १६ हजार रुपैयाँ बराबरको कच्चा पदार्थ आयात भएको छ ।

मन्त्रालयको तथ्यांकनुसार लकडाउनको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्ता आयात वृद्धि भएको छ । तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ । दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ ।

सबैभन्दा धेरै दुग्धजन्य पदार्थ ११७ दशमलव ४ प्रतिशतले आयात बढेको छ । त्यसपछि तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले बढेको छ ।

फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ २ प्रतिशतले घटेको छ ।

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेकाले गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयात तथा निर्यात ठप्प भएको छ ।

लकडाउनका अवधिमा वीरगञ्ज एकीकृत जाँच चौकीबाट २३० ट्रक भित्रिएको र १७९ ट्रक बाहिरिएको तथा ६८३ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट ९० ट्रक भित्रिएको, ७ ट्रक बाहिरिएको र ३ हजार १५५ ट्रक रोकिएका छन् ।

भैरहवा नाकावाट १२४ ट्रक भित्रिएको, १५४ ट्रक बाहिरिएको र हाल २३४ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १०२ ट्रक भित्रिएको, १०३ ट्रक बाहिरिएको र १०१ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा आठ ट्रक र काकरभिट्टा नाकामा २८ ट्रक रोकिएका छन् ।

तातोपानी नाकाबाट यही वैशाख ४ गतेयता ५ कन्टेनर र १ ट्रक औषधिजन्य पदार्थ नेपाल भित्रिएका छन् । ४ वैशाख १ ट्रक, ६ वैशाख १ कन्टेनर र ७ वैशाख ४ कन्टेनर नेपाल भित्रिएका छन् । चीनमा कोराना भाइरसको संक्रमण बढेपछि १३ माघदेखि बन्द तातोपानी नाका नेपाल सरकारले १२ चैत अत्यावश्यक सामान ल्याउनका लागि खोल्ने निर्णय गरेको थियो । रासस

सम्बन्धित समाचार

लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमा

विराटनगर, ८ बैशाख-लकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन् । कोराना महामारीबाट...

मनकामना केबुलकार चैत मसान्तसम्म बन्द

विश्वव्यापी फेलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मनकामना केबुलकार व्यवस्थापकले सेवा बन्द गराएको छ ।केबुलकार व्यवस्थापन पक्षले कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो...

पोखरीको डिलमा भेटियो १० लाख १० हजार रूपैयाँ

जनकपुर, ८ जेठ-रौतहटमा एउटा पोखरीको डिलमा १० लाख १० हजार रूपैयाँ बरामत गरिएको छ । जिल्लाको इशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको हो । डुमरिया...

सच्चा समाजसेवीले केही पनि लिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, ६ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । ४१ औँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने...

आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

रबिन्द्र बराल माेरङ काे रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिधालय मा बिधार्थि हरु संग विभिन्न बहनामा रकम लिने गरेको खुलासा भएको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालय मा...

उपचार नगरी बिरामी फर्काउने स्वास्थ्य संस्थाको इजाजत खारेज गर्न निर्देशन

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण निजी स्वास्थ्य संस्थाले बिरामीलाई परीक्षण नगरी फर्काउने गरेपछि प्रदेश २ सरकारले इजाजत रद्द गर्ने निर्देशन दिएको छ ।बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न...

सरिता गिरीकाे ठाउँमा लीला सिटाैला बनिन् सांसद

काठमाडाैं, १२ साउन-निर्वाचन आयोगले लीला सिटौलालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाे घोषणा गरेको छ ।जनता समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीकाे ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सांसद बनाउने निर्णय भएकाे निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 'सरिता...

विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियान सुरु

विराटनगर ÷ विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्