समाजवादी पार्टी र राजपा एकता, राप्रपाको शुभकामना

 न्यूज विराट
समाजवादी पार्टी र राजपा एकता, राप्रपाको शुभकामना

तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । बुधबार मध्यरातमा राति दुवै पार्टी मिलेर जनता समाजवादी पार्टी बनाउने निर्णय भएअनुसार बिहीबार दिउँसो निर्वाचन आयोगमा दल दर्ता भएको छ । बिहीबार दिउँसो निर्वाचन आयोगमा पुगेर दल दर्ता १३८८ मा दर्ता गरिएको हो ।

अहिलेलाई नयाँ दलको मर्यादाक्रममा पहिलो नम्बर महन्थ ठाकुर रहेका छन् । दोस्रोमा डा. बाबुराम भट्टराई रहेका छन् ।  अन्य नेताको मर्यादाक्रम पछि तोक्ने जनाइएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता गर्ने सहमति भएकोमा बधाई तथा शुभकामना दिएका छन् । एकता सुदृढ र दिगो हुन सकोस् भन्ने कामना गरेका छन् ।

त्यस्तै, राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरणमा एकीकृत पार्टीबाट योगदान पुगोस् भन्ने शुभकामना दिएका छन् ।’समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता गर्ने सहमति भएकोमा हार्दिक बधाई तथा शुभकामना। एकता सुदृढ र दिगो हुन सकोस्। राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरणमा एकीकृत पार्टीबाट योगदान पुगोस्,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

सम्बन्धित समाचार

हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा रोक

एजेन्सी, असार ४-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारका लागि मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा पुनः रोक लगाएको छ । यसअघि द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ का बिरामीका लागि फाइदाजनक नरहेको...

लकडाउन चौथो दिन पनि जनकपुरधामको बजार पूर्णरूपमा बन्द

लकडाउन चौथो दिन पनि जनकपुरधामको बजार पूर्णरूपमा बन्द रह्यो । हरेका चोकमा सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका देखिन्थे । सुरक्षाकर्मीले लकडाउनको अवज्ञा गर्दै हिँड्नेलाई पक्राउ गरेका थिए । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन...

महाकवि देवकोटा जयन्ती मनाइँदै

काठमाडौं, २९ कात्तिक-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...

विमानस्थलबाट नेपालीसहित ६०० यात्रु बोकेर उडे कतारका २ विमान

शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन् । ३ सय ५ सिटे क्षेमताका दुबै जहाजर फूल प्यासेन्जर बोकेर...

कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप, आन्दोलित चिकित्सक

विराटनगर । कोशी प्रदेश सरकारको बेवास्ता कारण नाजुक बनेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नभएको एक महिना भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले काम गर्ने चिकित्सक...

कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका छन्। कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रलाई बुधबार विराटनगरमा सम्बोधनका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।...

कोशी प्रदेशसभाको बैठक बुधबार

विराटनगर । कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।...

गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो । झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्