काठमाडौं, ११ बैशाख-पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले पार्टी विभाजनको तयारीमा रहेका भनिएका नेताहरु रेणु यादव र मोहम्मद इस्तियाक राईसँग फोन संवाद गरेका छन् ।
सो पार्टीका नेता विश्वदिप पाण्डेले पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पार्टीमा उत्पन्न परिस्थिति सम्हाल्न लागिपरेको जानकारी दिएका छन् ।
पार्टी विभाजनको तयारीमा रहेका असन्तुष्ट भनिएका समाजवादी पार्टीका नेताहरुलाई काठमाडौंको मेरियट होटलमा सरकारी घेरामा बन्धक बनाएर राखिएको समेत दाबी गरेका छन् । सांसदहरुलाई डर, मन्त्री पद र केही आर्थिक प्रलोभन देखाएर पार्टी विभाजनका लागि कोशिस गरिएको पाण्डेको दाबी छ ।