काठमाडौं, १० वैशाख-समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो केन्द्रीय सदस्य अपहण गरेको आरोप लगाएको छ ।समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सूचना संञ्चार विभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्वीट गदै साँझ ५बजे जनपुरबाट प्रहरीले अपहरण गरेको बताएका छन् ।
उनले आफ्नो ट्वीट गदै भनेका छन् ‘आज वैशाख १० गते साँझ ५ गते पूर्व स्वास्थ्यमन्त्री राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा।सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा कामाडौंबाट गएको प्रहरील जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजकालागि काठमाडौं ल्याउदैछ । यो के हुन लागेको हो ओलीतन्त्रमा र?’ सरकारले सोमबार मात्र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।