भारतले सहयोग गर्‍यो २३ टन औषधि

 न्यूज विराट
भारतले सहयोग गर्‍यो २३ टन औषधि

काठमाडौं, १० वैशाख-भारत सरकारले नेपाललाई २३ टन औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई यो परिमाणको औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

भारतले उपलब्ध गराएको सामग्रीमा ३.२ लाख डोज पारासिटामोल र २.५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विनसमेत गरी कुल ८.२५ लाख डोज रहेको जनाइएको छ ।

यसैबीच बुधबार चीनको तिब्बत सरकारले पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । १० हजार एन ९५ मास्क, १० हजार थान पिपिइ र एक हजार थान इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै २ वटा पीसीआर मेसिन, भिटिएमसहित २० हजार थान टेस्टिङ किट।  ५० बक्स डिसइन्फेक्सन वेट वाइप पनि दिएको छ । सो स्वास्थ्य सामग्री चिनियाँ अधिकारीहरुले बुधबार तातोपानी नाकाबाट नेपाली पक्षलाई हस्तान्तरण गरेको छ । बुधबार साँझासम्म स्वास्थ्य सामग्री काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटोले बताए ।

सम्बन्धित समाचार

पोखरीयालाई हराउँदै एसईई कपको उपाधि सहिद स्मृती स्कुललाई

विराटनगर । एसईई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको तरहरास्थित सहिद स्मृती आवासीय माबिले जितेको छ ।पोखरिया युथ केयर एकेडेमीको आयोजनामा विराटनगरको सहिद मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको पोखरीया...

भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु

धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...

सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।  प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नम्बरको...

प्रदेश १ मा ७ हजार २ सयको कोरोना परिक्षण

विराटनगर, वैशाख २१–प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री...

पूर्वमन्त्री पण्डितको पहलमा युवा नेता आजमले वितरण गरे राहत

विराटनगर, जेठ १३–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का सांसद लालबाबु पण्डितको पहलमा बन्दाबन्दीका कारण समस्यामा पर्दै आएका परिवारलाई राहत वितरण गरिएको छ । सांसद पण्डितको पहलमा नेकपा युवा नेता मो. आजमले विराटनगर–९ स्थित धोवीयारी...

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका सबै नाका सिल

सिरहा, ३० वैशाख-कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा...

कांग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि

नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने...

कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्