काठाडौं, १० वैशाख-कोरोना भाइरसका कारण लकडाउनमा बसेका श्रमिकले राहत नपाएको नेपाल ट्रेकिङ ट्राभल्स् र्याफ्टिङ एयरलाइन्स सस्कृति पुरातात्त्विक कार्गो कुरियर श्रमिक युनियनले जानकारी दिएको छ ।
सरकारले लकडाउनका अवधि बढाएसँगै उनीहरूलाई खानबस्न समस्या भइरहेको युनियनले जनाएको छ । स्थानीय, प्रदेश र केन्द्रीय तहबाट समेत राहत नपाएको युनियनको भनाइ छ ।
युनियनले पर्यटन क्षेत्रका श्रमिकलाई तत्काल राहतको व्यवस्था युयिनका अध्यक्ष सुमन प्रशाद पराजुलीले माग गरेका छन् । श्रम ऐन र नियमअनुसार उनीहरूलाई लकडाउनको अवधिभर तलब सुधिवाको उपलब्ध गराउन विषयमा ध्याकर्षण समेत गराको उनको भनाइ छ ।