मेयर शाक्य भन्छन् : काठमाडौंं सुरक्षित छ

 न्यूज विराट
मेयर शाक्य भन्छन् : काठमाडौंं सुरक्षित छ

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदको अनुगमन गरेका छन् । पछिल्लो समय संक्रमणको उच्च जोखिममा मस्जित रहेको जनाउँदै प्रमुख शाक्यले काठमाडौंभित्रका मस्जिदको अनुगमन गरेका हुन् ।

मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, सांसद चाँद तारा, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल, पूर्वराज्यमन्त्री जाकिर हुसेनसहितको अनुगमन टोलिले मंगलबार अनुगमन गरेका हो ।

टोलीले घण्टाघरस्थित नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया र सुन्धारामा रहेको नेपाली मदिनी मुस्लिम तथा मुस्लिम मासाफिरखानामा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मेयर शाक्यले कोरोना नियन्त्रण गर्न सबै धार्मिक अगुवाको महत्वपूर्ण भूमिका रहने बताउँदै धार्मिकस्थलको नियमित पूजा विधि गर्न तर जनसाधारणलाई धार्मिक स्थलमा नआउन आग्रह गरेका छन् । भाइरस सर्ने डरले व्यक्तिसँग व्यक्ति डराउनु पर्ने अहिलेको अवस्थामा कतै जानु परे स्थानीय प्रशासनलाई खबर गरेर मात्र जान आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

एक्ली नारी, मेयरलाई भारी

विराटनगर । एक्ली निमुखा नारी इन्दिरा चापागाईं विराटनगर महानगरका मेयर नागेश कोइरालालाई भारी परेकी छन् । बरगाछीस्थित गोग्राहा कलेजलाई महानगरले बजेट उपलब्ध गराउन हुँदैन भन्दै तीन महिनादेखि मूलगेटमा बाहिर शान्तपूर्वक धर्ना बस्दै आएकी ५२ बर्षिया इन्दिरालाई...

बद्धाश्रममा जेनेरल अस्पतालको निशुल्क स्वास्थ्य शिविर

विराटनगर, चैत १ –विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ...

देशभर थपिए ८९९ संक्रमित, कुल संक्रमित ३९ हजार ४६०

काठमाडौं, १५ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामको तयारी तीव्र

विराटनगर । धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारीलाई तीव्र पारेको छ । डेंगु रोकथाम र नियन्त्रणका उपायका विषयमा महानगरले आज सफाई शाखाका कर्मचारीहरुका लागि अभिमुखीकरण...

कोरोनाभाइरसको मनोवैज्ञानिक असर समाधान गर्न परामर्श कार्यक्रम

पोखरा, जेठ २५-गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना संक्रमणको रोकथाम र...

प्रदेश १ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

प्रदेश–१ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, झापा र सुनसरी गरी छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको हो ।चितवनमो इच्छा मनकामना–३ सौराहका २७ बर्षीय चित्रकुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु छ ।...

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

विराटनगर । याक्सिगुम मिडिया प्रालिको ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ...

गौतमबुद्ध स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगर – १६ मा रहेको गौतम बुद्ध स्कुलमा गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको छ । स्कुल परिसरमा बिहीबारदेखि दुई दिने स्पोर्ट्स मिट सुरु भएको हो ।स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले वृहत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्