अध्यादेश : राष्ट्रप्रमुख गोटी भएको शेखर कोइरालाको आरोप

 न्यूज विराट
अध्यादेश : राष्ट्रप्रमुख गोटी भएको शेखर कोइरालाको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोरोना भाइरस संक्रमणको घडीमा सरकार नागरिकको जीवन रक्षाप्रति गम्भीर नभएको आरोप लगाएका छन् । उनले नागरिकको रक्षा गर्न र एकताबद्ध हुनुपर्ने बेला उल्टै लकडाउनको अवसर छोप्दै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश द्रुत गतिमा जारी गरी सरकारले जनमतको दुरुपयोग गर्दै सर्वसत्तावादतर्फ उन्मुख भएको बताए ।

उनले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले संसदीय व्यवस्था नै समाप्त पार्न त लागेको होइन भन्ने शंका उब्जिएको उल्लेख गरेका छन् । उनले लोकतन्त्रिक संसदीय व्यवस्था रक्षार्थ कांग्रेस जस्तोसुकै कदम पठाउन पनि पछि नपर्ने बताए ।

‘यस्तो दुर्भाग्यपूर्ण निर्णयबाट सरकारले संयमता गुमाएको र संवेदनहीन बनेको पुष्टि हुन्छ । सरकारको प्रधान दायित्व कोभिड-१९ कारण भोकमारीमा परेका र थातथलो जान नसकेका नेपाली जनताको संरक्षण गर्नु हो’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा सत्ताको उन्मादमा परेर राजनीतिक पाइदाको खेल प्रस्तुत गर्नुले चरित्र उदांगो भएको छ । र यो नेपाली राजनीति इतिहासकै दुःखद घटना मध्ये एक हो ।’

उनले प्रधानमन्त्रीको बेमौसमी बाँसुरीले संविधानले संवैधानिक नियुक्तहरूमा गरेको साझा स्वामित्वको परिकल्पनामाथि घात र जनमतको अपमान गरेको पनि बताएका छन् । उनले सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले राष्ट्रप्रमुख कसैको गोटी वा दलभित्रको गुटको मात्रै भएको सन्देश गएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

मेयर शाक्य भन्छन् : काठमाडौंं सुरक्षित छ

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदको अनुगमन गरेका छन् । पछिल्लो समय संक्रमणको उच्च जोखिममा मस्जित रहेको जनाउँदै प्रमुख शाक्यले काठमाडौंभित्रका मस्जिदको अनुगमन गरेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी,...

कोरोना आशंकित महिलाकोे धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं, ३ जेठ-कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ  । टिचिङ अस्पतालबाट रिफर गरी उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ । धुलिखेल अस्पतालले मृत्युबारे...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरमा शान्ति र्याली

विराटनगर, ११ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरमा शान्ति र्याली निकालेको छ । आज ११८औँ विश्व रोटरी दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले र्याली निकालेको हो । विश्वमा शान्ति प्रवर्द्धनका लागि डाउनटाउनले...

विराटनगरमा ८ सहित प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण

विराटनगर, ४ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण भएको छ । ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको सामाजिक विकास...

इलाममा आज एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना

इलाम, २२ साउन-इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही १८ साउनमा स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर...

२५ भन्दा बढी स्वादको चिया पाइने ‘चिया वालाज्’ क्याफे विराटनगरमा

विराटनगर । चिया पारखीहरूको लागि विराटनगरमा २५ बढी स्वादमा चिया पस्किने चिया वालाज् फेमिली क्याफे सञ्चालनमा आएको छ । नयाँ अवधारणका साथ विराटनगर ९ भानु टोलको कलेज रोडमा क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा साधारण...

आज ३५१७ संक्रमित थपिए, ४०९६ जना डिस्चार्ज

 काठमाडौं, १४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ को पीसीआर गर्दा आज ३ हजार ५ सय १७ संक्रमित थपिएका हुन् । ...

गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना

विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्