आरडीटीका लागि मुस्लिम पहिचान गरिँदै

 न्यूज विराट
आरडीटीका लागि मुस्लिम पहिचान गरिँदै

काभ्रेपलाञ्चोक, ९ वैशाख-स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिरहेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय यो हप्ता ‘मुस्लिम पहिचान, आरडीटी अभियान’ झैँ स्थानीयस्तरमा लागेको छ । ‘स्थानीयस्तरमा रहेका मुस्लिम समुदायका व्यक्तिको पहिचान गरी आरडीटी गराइरहेका छौँ’, कार्यालयप्रमुख डा. नरेन्द्र झाले भने । उनका अनुसार ३ दिनमा करिब ६० जनाको आरडीटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गत हप्ता उदयपुरमा भेटिएका कारोना सङ्क्रमितमध्ये केही भारतीय मुस्लिमसमेत रहेकाले काभ्रेपलाञ्चोकमा बसोबास गर्दै आएका मुस्लिम समुदायका व्यक्तिको पनि ‘ट्राभल हिस्ट्री’ बुझ्दै आरडिटी गर्न थालिएको हो ।

स्थानीयस्तरमा ती समुदायका व्यक्तिलाई कोरोना भाइरसबारे सचेतना गराई उनीहरुको पछिल्लो यात्राबारे जानकारी लिँदै आवश्यकतानुसार परीक्षण गर्दै आएको झाले बताए । उनले भने, ‘उनीहरुको ट्राभल हिस्ट्री लिएपछि मात्रै आवश्यकतानुसार आरडीटी गर्छौँ, आरडिटीमा पनि शङ्का लागेमा थप परीक्षण पिसीआर पनि गर्नेछौँ ।’ कार्यालयले गरेको प्रारम्भिक पहिचानअनुसार बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरमा मुस्लिम समुदायका व्यक्ति बसोबास गर्ने पाइएको हो ।

बनेपा नगपालिका–१० थापागाउँमा बस्ने ३० मुस्लिमको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको झाले जानकारी दिए । उनका अनुसार उनीहरुको हाल थप परीक्षण पोलिमरेज चेञ्ज रियाक्सन (पीसीआर) गर्नुपर्ने देखिएको छैन । ‘थप परीक्षण गर्नुपर्ने आवश्यकता भए गर्न सकिन्छ’ झाले भने । उदयपुरमा आरडीटी गरिएको भारतीय मुस्लिमको थप परीक्षणमा कारोना पोजेटिभ देखिएको थियो ।

बनेपा नगपालिका–१० मा बस्ने ३० मुस्लिम समुदायका व्यक्ति उदयपुरस्थित मुस्जिदको कार्यक्रममा सहभागी भएर आएको जानकारी प्राप्त भएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताए । उनले भने, ‘उनीहरुको आरडीटीमा नेगेटिभ देखिए पनि पीसीआर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।’ उनका अनुसार २७ पुरुष र ३ महिलालाई होम क्वारेन्टाइनमै बसाइएको छ । उनीहरु निर्माण तथा गहना बनाउने कामका सिलसिलामा वर्षौँदेखि बनेपामा बस्दै आएका छन् ।

यसअघि विभिन्न मुलुकबाट गत चैत महिनायता घर फर्किएका २५१ काभ्रेलीमा गरिएको आरडीटीमा कारोना भाइरस नेगेटिभ देखिएको थियो । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्ता ३०० किट उपलब्ध गराएपछि आरडिटी गर्न थालिएको हो । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाउँपालिका छन् । रासस

सम्बन्धित समाचार

धरानमा पहिरोले पुरिएर दुई बच्चाको मृत्यु

विराटनगर, २ कात्तिक । सुनसरीको धरानमा मंगलबार पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर एकै परिवारका एक बालिका र एक बालकको मृत्यु भएको हो । सुनसरी धरान उपमहानगरपालिका–...

अर्किड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित अर्किड कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र अभिमुखिकरण गरिएको छ । कलेजले विराटनगरमा शुक्रबार कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई अभिमुखिकरण र स्वागत गरेको...

पत्रकार निरौला सम्मानित

विराटनगर । दाहाल प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गत स्थापित विभिन्न कोषबाट तीन सञ्चारकर्मीसहित विभिन्न संस्था सम्मानित भएका छन् । दाहाल प्रतिष्ठान विराटनगरले शनिबार विशेष समारोहको आयोजना गरेर पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सकृय रहेका उदघोष...

सप्तरीमा मृग मार्ने २ जना पक्राउ

जनकपुर, १९ वैशाख-लकडाउनका बेला प्रदेश–२ को वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि सिकारी र तस्कर पक्राउ पर्न थालेका छन् । यसैबीच, जिल्लाको अग्नीसाइर कृष्णासवरण...

संविधान जारी भएको ६ वर्ष पूरा, विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

काठमाडौं, ३ असोज । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको...

कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वानका लागि दबाब दिने

काठमाडौं, १४ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेतासमेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न...

सिरहाको मिर्चैयामा बस दुर्घटना : दुईको मृत्यु, २३ जना घाइते

विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्। आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको...

वैज्ञानिकले पत्ता लगाए पृथ्वीजस्तै अर्काे ग्रह

एजेन्सी, जेठ १-न्युजिल्यान्डका वैज्ञानिकहरूले अद्भूत खोज गर्दै पृथ्वीबाट २५ हजार प्रकाश वर्ष टाढा पृथ्वीजस्तै ग्रह पत्ता लागेको बताएका छन् । ग्रह पत्ता लगाएको बताए पनि वैज्ञानिकहरूले हालसम्म कुनै नाम राखेका छैनन् । तर, यो पत्ता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्