प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परीक्षण

 न्यूज विराट
प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परीक्षण

विराटनगर, ८ वैशाख-प्रदेश १ मा सोमबारसम्म ३ हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए/नभएको धमाधम परीक्षण गरिरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट जम्मा २ हजार ६ सय ९ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ६ सय ५९ जनाको परीक्षण गरिएको हो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनहरूमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको संख्या सोमबारसम्म कुल ८ सय २५ जना पुगेको छ । १० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ८ महिला र २७ पुरुषसहित ३५ जना बसिरहेका छन् ।

आइसोलेसनबाट सोमबार २ जना पुरुष डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ३ सय ४३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

लक्षण नभएकालाई अस्पताल भर्ना नगरिने

काठमाडौं, ५ भदौ-अब लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमै राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले लक्षण नभएका र सामान्य लक्षण नभएका व्यक्ति...

हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का निर्विरोध निर्वाचित

विराटनगर । हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।विराटनगरमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । खड्का विराटनगरस्थित शिक्षादीपक कलेजका प्रिन्सिपल पनि...

कोरोना भ्याक्सिन परीक्षण : नतिजा आज आउन सक्ने 

एजेन्सी, साउन १-अक्सफोर्ड युनिभर्सिटी र फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकाले तयार गरेको कोरोना भ्याक्सिन परीक्षणको नतिजा आज आउन सक्ने बताइएको छ । बेलायतको आइटिभी नेटवर्कका राजनीतिक सम्पादक रोबर्ट पेस्टनले विशेष सुत्रको हवाला दिँदै परीक्षणको नतिजा आजै आउन...

सगरमाथामा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । स्थापना कालदेखिनै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रम...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ...

संविधानविद् दाहाल र पत्रकार अधिकारी पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका...

दन्त सामग्री बितरक संघले काठमाडौंमा तेस्रो ‘नेपडेन्ट’ सम्मेलन गर्दै,५ हजार भन्दा बढीले अवलोकन गर्ने

विराटनगर । दन्त सामाग्रीहरुको उत्पादन बारे जानकारी दिने उद्देश्यले नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) ले यहि बैशाख ५, ६ र ७ गते काठमाण्डौमा अन्तर्राष्ट्रिय स्तरको तीन दिने ‘नेपडेन्ट–२०२५’ सम्मेलन आयोजना गर्ने भएको छ ।एनडिडिएले...

सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला

रामकुमारी राई कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । श्रोत व्यक्ति प्रेमकुमार कार्कीको उपस्थितिमा सोमबार विद्यालय परिसरमा आम भेला सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्