कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

 न्यूज विराट
कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको उनले बताए ।

यस्तै, आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ । सोमबार नयाँ संक्रमित देखिएका छैनन् । अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन् । ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

उदयपुरमा पिसिआर परीक्षणका लागि १ सय ५२ जनाको नमुना संकलन गरिएको छ । उनीहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको प्रवक्ता डा. देवकोटाले बताए ।

सम्बन्धित समाचार

भोलि संविधान संशोधन विधेयक पारित गर्ने तयारी, सबै दल संशोधनको पक्षमा

काठमाडौं, ३० जेठ-भोलि संसदमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुनेछ । उक्त प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्वाहाङफेले प्रस्तुत गर्ने छन् । त्यसअघि उक्त विधेयकमाथि...

रोटरी भवनमा मानसिक स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरी भवनमा मानसिक स्वास्थ्य समन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा प्रख्यात मनोचिकित्सक डा. राजन मिश्राले मानसिक स्वास्थ्यमा देखा पर्ने समस्या र समाधानका उपायबारे प्रकाश पारे...

मोरङ २ मा सुजाता र ऋषिकेशबीच कडा प्रतिस्पर्धा

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुन थालेको छ। पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग...

कोरोनाविरुद्ध लड्न नयाँ वर्षमा उच्च मनोबल र सकारात्मक सोच विकास गरौँः राष्ट्रपति भण्डारी

काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७...

आङ साङ सु चीको पार्टी खारेज गर्ने म्यानमार निर्वाचन आयोगको तयारी

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सु चीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सु चीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको...

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, १८ जना घाइते

सर्लाही, १५ असार-सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् । आइतबार राति भएको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

उद्योगी राठीलाई बन्धक बनाएर १५ लाख असुली प्रकरण, निष्पक्ष छानवीन गरी कारवाही गर्न माग

विराटनगर । विराटनगरका उद्योगी अरुण कुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारावही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् । उद्योग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्