प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परिक्षण

 न्यूज विराट
प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट जम्मा २ हजार ६ सय ९ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ६ सय ५९ जनाको परीक्षण गरेको हो ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनहरुमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल ८ सय २५ जना पुगेको छ । १० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ८ महिला र २७ पुरुषसहित ३५ जना बसिरहेका छन् । आइसोलेसनबाट सोमबार दुई जना पुरुष डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ३ सय ४३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

प्रदेश १ पाँच हजार बढीको परीक्षण, ३० जनामा कोरोना पुष्टि

विराटनगर, बैशाख १३-प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले...

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको महत्वपूर्ण जीत

एजेन्सी, ११ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।  टोटनह्यामले गएराति बर्नलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । टोटनह्यामको सन हेङ्ग–मिनले निर्णायक गोल गरे । ह्यारी...

पत्रकारको उपचार गर्दा लागेको खर्च र हराएको संचार उपकरणको क्षतिपूर्ति दिन पत्रकार महासंघको माग

विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा घाइते भएका संचारकर्मीको उपचार खर्च र क्षति भएको संचार उपकरणको क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ । नेपाल...

लक्ष्य प्राप्तिका लागि संघर्षरतका लागि खालि खुट्टा प्रेरणाको स्रोत

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् । विराट साहित्य सङ‍‍्गमले...

संक्रमितको संख्या ७५ पुग्दा प्रदेश-१ मा मात्रै ३१ जना

काठमाडौं, २२ वैशाख-नेपालमा सबैभन्दा बढी प्रदेश-१ कोरोना संक्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् ।कुल संक्रमितको संख्या ७५ पुग्दा प्रदेश-१ मा मात्रै ३१ जनामा संक्रमण दखिएको प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

विराटनगर, १८ फागुन । झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय गणेश खत्री र...

प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय

बुटवल, ३ वैशाख-प्रदेश–५ ले सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो । प्रदेशभरीका १ सय ९ स्थानीय...

भारतले आज ७३औँ गणतन्त्र दिवस मनाउँदै : नेपालबाट दिइयाे शुभकामना

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्