ग्यास सिलिण्डर पड्किएर गुल्मीमा आगलागी, छोराको मृत्यु, बुबाआमा घाइते

 न्यूज विराट
ग्यास सिलिण्डर पड्किएर गुल्मीमा आगलागी, छोराको मृत्यु, बुबाआमा घाइते

बुटवल, ८ वैशाख-गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो भएको आगलागीमा १ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका- ४, शान्तिपुर बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी भएको हो ।

आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षीय समिर खनालको मृत्यु भएको छ । पूर्णबहादुर र उनकी श्रीमती रूपा खनाल आगलागीमा परी गम्भीर घाइते भएका छन् ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीका अनुसार खाद्यान्न र ग्यासको समेत पसल रहेको साढे २ तलाको पक्की घर पूर्ण रूपमा क्षति भएको छ । घरको भुइँतलामा रहेका समिरको घटनास्थलमै मृत्यु भएको छ भने उनका बुबाआमा दुवै जना घाइते भएकाले उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाइएको अध्यक्ष खत्रीले जानकारी दिए ।

जेठो छोरा भने घरको माथिल्लो तलामा रहेका कारण छतबाट बाहिर हाम फालेर ज्यान जोगिएको अध्यक्ष खत्रीले जानकारी दिए । आगलागी कसरी भयो भन्नेबारे आफूलाई थाहा नभएको र ग्यासको सिलिण्डर पड्किँदा घरमा बढी क्षति भएको अध्यक्ष खत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगर प्रमुख पराजुली भन्छन, म समाज सेवामा भगवान भेटछु

गोपाल पोखरेल विहिबार दिउसो ५ बज्न नपाउदै विराटनगर महानगरका प्रमुख भिम पराजुली हस्याङ फस्याङ गर्दै नोवेल अस्पताल तिर हानिए । अस्पताल पुग्दा गरिव तथा विपन्नलाई वितरण गर्ने खनाको प्याकेट तयार भई सकेको थियो । केही...

प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली तनावग्रस्त

विराटनगर, फागुन ६–प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली तनावग्रस्त बनेको छ । रंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन...

कोरोना नियन्त्रणका लागि खटाएको ठाउँमा नजाने स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं, १५ साउन-कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खटाएको ठाउँमा नगएर बहानाबाजी गर्ने २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । खटाइएको ठाउँमा नगएको भन्दै पर्सा प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पकाउ गरिएको हो । वीरगञ्ज...

उदयपुरमा कोरोना संक्रमित बढ्दै जाँदा लहानमा त्रास

सिरहा, १० वैशाख-उदयपुरका २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानमा त्रास फैलिएको छ । उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरूले छिमेकी जिल्ला उदयपुरमा कोरोना...

रोटरीले वितरण गर्यो खाद्य सामाग्री

विराटनगर, १२ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर बखरीस्थित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक रुपमा विपन्न ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमकाबिच क्लबकी...

एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना छनोट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना प्रतियोगि छनोट भएका छन् ।सेमिफाइनलमा पुगेका ११६ जनाबाट मंगलबार लाइभ राउन्टको लागि ५० जना छनोट भएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलमा भएको सेमिफाइनल चरणबाट...

निमार्ण सामाग्री बोकेको गाडीमा आगलागी, ५० लाख बढीको क्षति

विराटनगर । विराटनगर – ५ शान्तिचोकमा निमार्ण सामाग्री बोकेको गाडीमा आगलागी भएको छ । एसुती निमार्ण सेवाको अलकत्र बोकेको गाडीमा शनिबार साढे ४ बजे एक्कासी आगलागी भएको निमार्ण कम्पनीले जनाएको छ । विराटनगरको एभरेष्ट कलेजदेखि...

भोलि मुस्लिम समुदायलाई बिदा

काठमाडौं, १ कात्तिक ।सरकारले कार्तिक २ गते मुस्लिम समुदायलाई बिदा दिने निर्णय गरेको छ । सरकारले १४९६ औं मोहम्मद जयन्तीको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्‍को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्