दाइजोविरुद्ध अभियान थालेका साजिद सङ्कटका सारथि बन्दै

 न्यूज विराट
दाइजोविरुद्ध अभियान थालेका साजिद सङ्कटका सारथि बन्दै

जनकपुरधाम, ८ वैशाख-जनकपुरधामका एक मुस्लिम युवकको समाजसेवाबारे निकै चर्चा भइरहेको छ । लकडाउनका बेला गरिबलाई राहत दिने नाममा सरकारी पक्ष उदासीन रहेको वेला स्थानीय समाजसेवीले गरिबको पीडामा मलहम लगाउन काम गरेका छन् ।

कोरोना भाइरसका कारण विश्व नै संकटमा परेका बेला केही सीमित व्यक्ति दिनरात गरिब तथा विपन्न दलितलाई राहत वितरणमै लागेका छन् । यस्ता राहत अभियान चलाउने प्रमुख व्यक्तिमा जनकपुरधाम ८ का साजिद हुसैन पनि एक रहेका छन् । राहतलाई लिएर साजिदको अहिले निकै चर्चा रहेको छ । अहिलेसम्म २२ सय जना परिवारलाई राहत दिएका छन् । मिशन दहेजमुक्त समाज प्रदेश २ नामको संस्थाका माध्यमले यो अभियान उनको चल्दै छ । राहत वितरणको नेतृत्व साजिदले गरिरहेका छन् ।

बिहानदेखि साँझसम्म राहत वितरण गर्नमै व्यस्त देखिन्छन् । मोहम्मद जब्बार नूरी, मोहम्मद गफार नूरीलगायतको टोली नै संकटमा परेकाहरूलाई राहत वितरणमा खटिएको छ । गरिबको नामावली संकलन गर्ने र वितरण गर्ने आफूहरूको दिनचर्या रहेको साजिदले बताए ।

एक सातापछि मुस्लिमहरूको महत्वपूर्ण पर्व रमजान सुरु हुँदैछ । सो पर्वको बेला गरिब मुस्लिमलाई १५ दिनको खर्च दिने पनि उनीहरूले तयारी गरिरहेका छन् । दाता पनि केही अगाडि आएको उनले बताए ।

सम्बन्धित समाचार

हात्तीले पूर्वी तराईमा लिँदैछ ज्यान, १३ दिनमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १३ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधरणको मृत्यु...

झडपको ७ दिनपछि चीनसँग झुक्यो भारत

एजेन्सी, असार ९-भारत र चीनका सेनाबीच गत १५–१६ जुनमा हिंसात्मक झपडपछि दुवै देश सो क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । पाकिस्तानसहित अन्य देशसँगको सीमा विवादमा आक्रामक रवैया अपनाउने...

अध्यक्ष कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी,  २० असोज-सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७...

अर्किड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित अर्किड कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र अभिमुखिकरण गरिएको छ । कलेजले विराटनगरमा शुक्रबार कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई अभिमुखिकरण र स्वागत गरेको...

बेलबारीमा एक मजदुर मृत फेला

विराटनगर, १० असोज । मोरङको बेलबारीमा एक जना मजदुर मृत फेला परेका छन् । बेलबारी नगरपालिका वडा नं ९ जनता माविको भवन निर्माण गर्न भारतबाट ल्याइएका एक मजदुर ओछ्यानमै मृत भेटिएका हुन् । मोरङका प्रहरी...

उम्मेदवार उठाउँदा सोच्नुपर्ने भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरूसँग नरहेको स्वीकार गरेका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ लोकार्पण तथा समसामयिक...

साउदी अरबमा कोरोनाबाट ११ भारतीयको मृत्यु

एजेन्सी, बैशाख १२-साउदी अरबमा ११ जना भारतीय नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । 'यही बुधबार (अप्रिल २२) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा ४, मक्कामा ३, जेदामा २ गरी...

रोटरीको लोगो भएको जुटको झोला वितरण

विराटनगर । प्लास्टिक झोलालाई होइन भनौ अभियान अन्तर्गत जुटबाट निर्मित झोला वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आदर्श विद्यालयमा आयोजना गरेको तीन महिने सिलाई तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई २० वटा वातावरणमैत्री जूटका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्