आयातको विवरणमै कैफियत, अग्रवालद्वारा भन्सार छलेर २५ करोड कुम्ल्याउने प्रयास

 न्यूज विराट
आयातको विवरणमै कैफियत, अग्रवालद्वारा भन्सार छलेर २५ करोड कुम्ल्याउने प्रयास

संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका थिए । तर, उनले सो समय भन्सारमा जम्मा १ हजार २ सय थानको मात्रै भन्सार बुझाएका थिए ।

अग्रवालको साथबाट प्रहरीले ६७ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको थियो । भन्सार विभागका अनुसार हरेक व्यवसायीले विभिन्न मुलुकबाट आयात गर्ने सामानको सम्बन्धित भन्सार बिन्दुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) स्पष्ट खुलाएर ल्याउनुपर्ने प्रावधान छ । तर, अहिले अग्रवालले ल्याएको थर्मल गनलगायत अन्य स्वास्थ्य सामग्री आयातको विवरणमा समेत कैफियत देखिएको छ ।

प्रहरीको दाबीअनुसार उनले सो समय ५ करोड रुपैयाँ लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याका थिए । उनले जम्मा १ हजार २ सय थान मात्र थर्मल गनको भन्सार बुझाएका छन् ।

यसरी भन्सार प्रशासनलाई नै झुक्याएर ल्याएकोप्रति गोटा ३ हजार ५ सय रुपैयाँको थर्मल गन उनले भनेकै मूल्य प्रतिगोटा १५ हजार रुपैयाँमा बेच्न पाएका भए पनि अग्रवालले सोझै सो परिणामको सामानबाट मात्र २५ करोड कुम्ल्याउँथे । यसबाहेक उनले अन्य पीपीई सेटलगायत थुप्रै स्वास्थ्य सामग्री ल्याएका थिए ।

ती सामान बिक्री गर्दा पनि उनले चर्को मूल्य लिएर बिक्री गरेको हुन सक्ने प्रहरीको दाबी छ । अहिले प्रहरीले ती सामानहरूको समेत खोजी जारी राखेको बताएको छ ।

अग्रवालको कालो धन्दाको पछाडि किर्गिस्तान दूतावासको निलो नम्बर प्लेटको कूटनीतिक नियोगको गाडी र त्यसभित्रको कालो धन्दा पर्दाफास भएको थियो । यसरी कालोबजारी गर्दै हिँड्ने अग्रवाललाई अब कुनै पनि हालतमा प्रहरी हिरासतबाट छोड्न नहुने र कडा कारबाही गर्नुपर्ने आम उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

गत २५ चैतमा कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले अग्रवाललाई आफैं खरिदकर्ता बनेर नाटकीय ढंगले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेदेखि अहिलेसम्म लगातार उच्च तहबाट विभिन्न दबाब आइरहेपछि अग्रवालमाथिको अनुसन्धान फितलो पार्ने काम भएको ती अधिकारकर्मीको दाबी छ ।

‘राष्ट्र निर्माणमा समर्पित’ र ‘म बनाउँछु मेरो देश बलियो’ भन्दै विज्ञापन बजाउने जगदम्बा सिमेन्ट र स्टिलका मालिक एवं शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल राष्ट्र संकटमा पर्दा यसरी लुट्न थालेपछि अहिले ठूला उद्योगीमाथि हेर्ने सर्वसाधारणको नजरमा समेत परिवर्तन आएको छ ।

कोरोना जाँच्ने मेसिनको कालोबजारी, नक्कली भ्याट बिल र गुणस्तरहीन स्टिल उत्पादनदेखि बिजुलीको बिलसमेत नतिर्नेसम्मको कुकर्ममा लागेका उच्च व्यापारिक घराना अग्रवालको यस्तो कामले अहिले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत नैतिक संकटमा पारिदिएको छ ।

शंकर ग्रुप तथा युनियन लाइफ इन्स्योरेन्स र दर्जनौं कम्पनीका मालिक सुलभ अग्रवालले कूटनीतिक नियोगको निलो नम्बर प्लेटको चरम दुरुपयोग गरी मुलुककै बेइजत गरेको सम्बन्धित सरोकारवालाको भनाइ छ ।

मुलुक लकडाउनको यस्तो अवस्थामा यदि उद्योगी व्यवसायीले आफ्ना कामदार मजदुरलाई लकडाउनको अवधिभर खान पुग्ने खाद्यान्न मात्र मिलाइदिएको भए अहिले काठमाडौंबाट हजारौं किमि सडक यात्रामा खुट्टाले हिँडेर हजारौं मजदुर आफ्नो थाकथलोतर्फ रातभर खाली पेटमा हिँड्नुपर्ने थिएन ।

लकडाउन छलेर हरेक दिन काठमाडौंका विभिन्न सडक नाकाबाट पैदल यात्रामा बाहिरिँदै गरेका अधिकांश मजदुरले अहिलेसम्म आफूले काम गरेको ठाउँमा खान नपाएकै कारण र उद्योग/कारखानाका मालिकले बेवास्ता गरेकै कारण यसरी लामो सडक यात्रा तय गर्नुपरेको दुःखेसो पोखिरहेका छन् ।

संकटका बेला आफ्ना कामदार र मजदुरलाई परेको समस्याको कुनै मतलव नराखी उल्टै मुलुकको ठूला उद्योगीसमेत आपतकालीन अवस्थाको मौका छोपी अकुत फाइदा लिन यस्तो कालोबजारीमा संलग्न भएपछि नेपाल उद्योग वाणिज्य महासंघ होस् वा नेपाल उद्योग परिसंघको नेतृत्वमा रहेर हालीमुहाली गर्दै आएको शंकर ग्रुपको यस्तो हर्कतले अहिले यी दुवै संस्थाप्रति नै नैतिक प्रश्न चिह्न खडा भएको छ ।

कालोबजारीमा पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल हाल नेपाल उद्योग परिसंघको उपाध्यक्ष छन् भने सोही ग्रुपका प्रबन्ध निर्देशक एवं सञ्चालक सुलभका भाइ साहिल अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघमा लामो समयदेखि कार्य समितिमा रहँदै आएका छन् ।

साहिल अग्रवाल हाल नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक लगानी प्रवद्र्धन समितिको सभापतिसमेत रहेका छन् । तर, उद्योगी व्यसायीको हित गर्ने संस्थाको उच्च नेतृत्वमा बसेर देशलाई संकट परेको समयमा कालोबजारी जस्ता देशद्रोही गतिविधि गर्ने अग्रवालको हर्कतले के साँच्चै उद्योग परिसंघ र उद्योग वाणिज्य महासंघले व्यावसायिक हकहित र राष्ट्रहितमा काम गर्दै आइरहेको छ भन्नेमै प्रश्न खडा गरिदिएको छ ।राजधानी दैनिकबाट

सम्बन्धित समाचार

पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्नेमा जोड

विराटनगर । पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्य समितिको दास्रो वार्षिक साधारणसभा तथा विराटनगर महानगर कार्यसमितिको दोस्रो अधिवेशनमा सहभागिहरुले...

भ्रचारविरोध सञ्जेल कार्यकक्षमै कुटिए

विराटनगर, साउन १७–भ्रष्टाचार विरोधी छवि बनाएका नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटिपिट भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् । मोरङ प्रहरी प्रमुख प्रहरी...

देशभर थपिए ८९९ संक्रमित, कुल संक्रमित ३९ हजार ४६०

काठमाडौं, १५ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

भारतमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन भेटिए ७८ हजार संक्रमित

एजेन्सी, भदौ १५-भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पहिचान भएका छन् । यो अवधिमा  ७८ हजार ५ सय १२ जना नयाँ संक्रमित भेटिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसै अवधिमा ९ सय ७१...

विराटनगर धाडेवा रोडस्थित एक हार्डवेयरको गोदामबाट कटुवा पेस्तोल बरामद, एक जना पक्राउ

विराटनगर । विराटनगर–७ धाडेवा रोडमा रहेको एक हार्डवयरको गोदामबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई साताअघि बन्द भएको गोदाममा प्रहरीले पेस्तोल फेला पारेपछि गोदमका कामदार...

कांग्रेसकाे संसदीय दल बैठक बस्दै

काठमाडौं, १५ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो । समसामयिक...

ओलीलाई प्रचण्डको जवाफ : तपाईंलाई भारतले होइन, मैले हटाउन खोजेको हो 

काठमाडौं, १६ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी ओलीलाई भारतले नभई आफूले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् । नेकपाको जारी सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वयबीच चर्काचर्की परेपछि प्रचण्डले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्