मुस्लिम आयोगले भन्यो : मस्जिद र मदरसामा जमाती लुकेका छैनन्

 न्यूज विराट
मुस्लिम आयोगले भन्यो : मस्जिद र मदरसामा जमाती लुकेका छैनन्

मस्जिद र मदरसामा जमाती लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ । आइतबार मुस्लिम आयोगको कार्यालयमा भएको सर्वपक्षीय छलफलले कुनै पनि मस्जिद र मदरसामा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्‍याउने तत्वले सामाजिक सञ्जालमा जमाती लुकेर बसेको आरोप लगाएको बताए । यसअघि नै कुन ठाउँमा कति जमाती रहेका छन् भन्ने कुराको जानकारी गृह मन्त्रालय र प्रत्येक जिल्ला प्रशासन कार्यालयमा दिइएको पनि उनले बताए ।

आयोगको सर्वपक्षीय छलफलले मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय पनि गरेको  छ । प्रतिनिधिमण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सहयोग गर्ने उनले बताए ।

मुलुक कोभिड—१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला विभिन्न इस्यु बनाएर जातीय द्वन्द्व फैलाउने काम भएको प्रति आयोगले आपत्तिसमेत व्यक्त गरेको छ ।

उदयपुर र पर्साको मस्जिदमा रहेका जमातीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि मुस्लिम समुदायका व्यक्तिहरू कोरोना भाइरस फैलाउन उद्त रहेको आरोप लाग्दै आएको थियो ।

सम्बन्धित समाचार

मोरङमा नयाँ आएका एसपीले हटाए ‘घुमुवा’, पाँच जना सादा पोषाकका प्रहरीको सरूवा

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी हटाएका छन् । सूचना संकलनका लागि भनेर यसअघि परिचालन भएको पाँच जना सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर उनीहरुको...

बेलायतमा कोभिड-१९ बाट ६३ जना नेपालीले ज्यान गुमाए

एजेन्सी, जेठ ३-कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।...

अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु, न्युयोर्कमा १ सयभन्दा कम मृत्यु

एजेन्सी, जेठ ११-अमेरिका कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा १ हजार १२७ जनाको मृत्यु भएको छ । यसका साथै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या हालसम्म ९८ हजार ६८३ पुगेको छ । सेन्टर फर...

निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति : राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति भएको बताएकी छन् । शुक्रबा संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले सरकारले समतामूलक...

विराटनगरमा ३० सहित प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको...

अखिल क्रान्तिकारी महेन्द्र मोरङको अध्यक्षमा रोहित यादव

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस विराटनगरको अध्यक्षमा रोहित यादव ( विकास ) चयन भएका छन् । विराटनगरमा सोमबार भएको अखिल क्रान्तिकारीको सातौं क्याम्पस कमिटि सम्मेलनबाट यादव...

चीनमा एकै दिन थपिए ९९ संक्रमित

एजेन्सी, चैत ३०-चीनमा कोरोना भाइरस (कोभिड-१९) का करिब सय नयाँ 'केस' भेटिएका छन् । चीनमा कोरोना भाइरस संक्रमणका ९९ केस भेटिका हुन् । पछिल्लो हप्तामा देखिएका नयाँ संक्रमितमध्ये शनिबारबार भेटिएका सबैभन्दा धेरै हुन् । नयाँ...

जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

जनकपुर, २३ जेठ-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्