लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

 न्यूज विराट
लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको अवधिमा घर फर्किएका युवा भेला भएर खोलामा माछा मार्न तथा हुल बाँधेर डाँडा घुम्न जाने गरेको पाइएको हो ।

अध्ययन एवं रोजगारीको सिलसिलामा देश तथा विदेश बसेकाहरु लकडाउनका कारण गाउँ फर्किएपछि आ–आफ्नो गाउँका स्थानीय बासिन्दासँग भेला भएर माछा मार्ने, डाँडा घुम्ने र तस्विर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने अधिक देखिन थालेका छन् । जिल्लाको रावा खोला, ताप खोला, मेवा खोला, सावा खोला, तावा खोलालगायत विभिन्न खोलामा माछा मार्ने क्रम बढेको पाइएको छ ।

कतिपयले दुवाली छेकेर, जाल हानेर र पासो थापेर माछा मारेको देखिए पनि कतिपयले भने जैविक विविधतालाई नै असर पुग्नेगरी करेन्ट तथा विष हालेर माछा मारेको गुनासो आउन थालेको छ । स्थानीय खोलामा करेन्ट लगाएर, विष हालेर वा जिलेटिन पड्काएर माछा मार्न बर्जित गरिए पनि लकडाउनको अवधिमा कतिपय खोलामा पर्यावरणलाई असर पुग्ने गरी माछा मार्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका हुन् ।

खोलामा प्राकृतिक सन्तुलनलाई असर पुग्नेगरी माछा मारिएको विषयमा कतिपय स्थानीय तह अहिलेसम्म पनि बेखबर देखिएका छन् । खोलामा करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेपछि केपिलासगढी गाउँपालिकाले कारवाही गर्ने चेतावनी दिएको छ ।

लकडाउन भएको मौका पारेर स्थानीय रावा, रेनु तथा तापखोलामा करेन्ट लगाएर माछा मार्ने गरेको गुनासो आएपछि जैविक विविधतालाई खलल पुर्‍याउने गरी माछा मार्नेलाई कडा कारवाही गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । ‘दुवाली छेकेर, जाल हानेर, ढडिया, पासो र बल्छी थापेर माछा मार्न पाइए पनि खोलामा करेन्ट, बिष र जिलेटिन प्रयोग गर्न बर्जित गरिएको छ’ उनले भने, ‘भरपर्दो र सही जानकारी दिने व्यक्तिको नाम गोप्य राखेर सूचनादातालाई गाउँपालिकाको तर्फबाट २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।’

स्थानीय खोलामा करेन्ट लगाएर माछा मारिरहेको सूचना दिएपछि प्रहरी पुग्दा माछा मार्ने समूह केहीबेर भाग्ने र पुनः फर्केर माछा मार्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

लकडाउनको अवधिमा पनि खुलेआम रुपमा स्थानीय खोलमा करेन्ट लगाएर माछा मार्ने काम रोक लगाउन प्रहरी प्रशासनलाई आग्रह गरिए पनि सुनुवाइ नभएको रावाबेँसी गाउँपालिका–६ हौँचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए ।

लकडाउनको अवधिमा अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न सरकारले आग्रह गरे पनि जिल्लाका अधिकांश स्थानीय तहका स्थानीय बासिन्दाले उल्लङ्घन गरेको पाइएको छ । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा अहिले दैनिकजसो हुलका हुल गएर वनभोज खाँदै डुलिरहेका भेटिन्छन् ।

सरकारले लागू गरेको लकडाउन जिल्लाका बजार क्षेत्रमा समेत प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएको छैन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा काम नै नभएका व्यक्ति पनि ओहोर दोहोर गरिरहेका हुन्छन् ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले औषधि तथा दैनिक उपभोग्यवस्तु खरिद गर्न बाहेक अरुमा कडाइ गर्न प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताए । ‘औषधि तथा दैनिक उपभोग्य वस्तु खरिद गर्दासमेत सामाजिक दूरी कायम गरेर मात्र कारोवार गराउन प्रहरीलाई भनिएको छ’ उनले भने, ‘लकडाउन उल्लङ्घन गरेर माछा मार्ने र डाँडा डुल्नेलाई प्रहरीले खोजी खोजी कारवाही गर्नेछ ।’

यतिसम्म कि जिल्ला प्रशासन कार्यालयबाट पास (अनुमति) लिएका सवारी साधनसमेत मनोरञ्जनका काममा प्रयोग गरेको पाइएको छ । एउटा प्रयोजनका लागि भनेर प्रशासनबाट सवारी पास लिने र अर्कै प्रयोजनमा प्रयोग गर्ने गरेको पाइएको हो ।

जिल्लाका केही स्थानीय तहका बासिन्दा भने सामाजिक काममा सक्रिय बनेका छन् । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित चिउरीबासका स्थानीय बासिन्दा दैनिक भेला भएर सडक तथा बाटो सरसफाइमा व्यस्त छन् । रासस

सम्बन्धित समाचार

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारबाट, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने...

ओली र मोदीबीच टेलिफोन सम्वाद

काठमाडौं, ३१ साउन-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार दिउँसो फोनवार्ता भएको छ । ७४औं स्वतन्त्रता दिवसको अवसरमा २ देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको हो । परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर फोनवार्ताका क्रममा...

कित्ताकाट खुलाउन नेपाल जग्गा तथा आवास विकास महासंघको माग

विराटनगर । नेपाल जग्गा तथा आवास विकास महासंघले सबै ठाउँका कित्ताकाट खुलाउनुपर्ने बताएको छ। सरकारले भूउपयोग नीति कार्यान्वयन गरेसँगै अधिकांश पालिकामा कित्ताकाट रोकिएको छ। पालिकाले जमिनको वर्गीकरण गरेसँगै कित्ताकाट गर्न सकिने व्यवस्था छ। महासंघले हालसम्म...

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केन्द्रय कमिटिले पनि हटाउन सक्दैन : बास्कोटा

विराटनगर, २८ मंसिर–पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित

काठमाडौं, १८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १९ जना पुरुष र ६ सय...

कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटाएकोमा कांग्रेसको ध्यानाकर्षण

काठमाडौं, १४ जेठ-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट हाटाइएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार बेलुका एक विज्ञप्ति जारी गर्दै प्रस्ताव...

आन्तरिक गृहकार्य नपुगेर स्थायी कमिटी बस्न सकेन : प्रचण्ड

काठमाडौं, २५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको प्रतिक्रिया दिएका छन् । उनले २ अध्यक्षबीच छलफल जारी रहेको र २ दिनभित्रै बैठक बस्ने बताएका छन्...

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कोइराला

काठमाडौं, ९ भदौ-राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिले डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई मन्त्रिपरिषदको बैठकले राजस्व बाेर्डको सदस्यमा नियुक्त गरे पनि वाणिज्य बैंकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्