घर हिँडेकाको उचित व्यवस्थापन होस् : कमल थापा

 न्यूज विराट
घर हिँडेकाको उचित व्यवस्थापन होस् : कमल थापा

काठमाडौं, ५ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नका लागि सरकारले लकडाउन गरेपछि उपत्यकामा बसेर ज्याला मजदुरी गर्नेहरू समस्या परेका छन् । लगातारको लकडाउनका कारण कार्य क्षेत्र बन्द भएपछि खर्च अभावमा विभिन्न जिल्लाबाट आएका मजदुर, विपिन्न वर्ग, अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन् ।

खर्च अभावमा उपत्यकामा बसेर खाना नसक्ने अवस्था आएपछि उनीहरू पैदलले गृह जिल्ला फर्किन थालेका छन् । सरकारले उनीहरूको विषयमा ध्यान नदिएको भन्दै विभिन्न क्षेत्रका व्यक्ति, राजनीतिक पार्टीका नेता, सरोकारवालाले ध्यानाकर्षण गराइरहेका छन् ।

यसैबीच राप्रपाका अध्यक्ष कमल थापाले यथास्थानमा राख्न नसक्ने, घर फर्कन सहयोग पनि नगर्ने कार्यले आमजनतामा सरकारप्रति नकारात्मक धारणा बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन् । विभिन्न कारणले घर जान हिँडेकाको उचित व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमा मेन्सन गर्दै उपयुक्त र प्रभावकारी निर्णय नदेखिएमा त्यसलाई सच्याउँदै गतिशील बनाउनु लोकप्रिय नेतृत्वको गुण रहेन स्मरण गराएका छन् ।

सम्बन्धित समाचार

क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर...

हिसान स्पोर्टस् मिट : उपाधीको लागि आधा दर्जन कलेज भिड्दै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको हिसान स्पोर्ट्स मिटको फाइनलमा आधा दर्जन कलेज पुगेका छन् । आइतबार भएको खेलमा शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको, सिद्धार्थ र मोडर्न एरा कलेज फाइनलमा पुगेको हो ।विराटनगरको वैजनाथपुरको क्रिकेट...

धुम्बाराहीमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २१ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पार्टी कार्यालय धुम्बराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार दिउँसो ३ बजेका लागि बोलाएको अनौचारिक सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा...

थपिएका छैनन् कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना भाइरस संक्रमित नथपिएको जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना नपिएको बताएका हुन् । मंगलबार सनसिटीमा देखिएका संक्रमितपछि...

तनहुँमा मान्छे आक्रमण गर्न बस्ती छिरेको चितुवा मारियो

तनहुँ, २५ वैशाख-तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको १ पोथी चितुवा मारिएको हो ।  स्थानीय रामबहादुर...

प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै

स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण...

विराटनगरको लर्डबुद्ध र विराट क्षितिज कलेज मर्ज

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अब्बल सावित भएको विराटनगरको दुई कलेज मर्ज भएको छ ।विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मंगलबार बाट मर्ज भएको कलेजले जनाएको छ । शैक्षिक क्षेत्रमा इतिहास...

बेलबारी गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक डाँगीहाट र भोजपुर भिड्ने

विराटनगर । बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आज आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्