गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

 न्यूज विराट
गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो ।

झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा गाई काटिरेहको अवस्थामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडागी–२ हर्ट नम्बर २९५ सेक्टर नम्बर ‘ए’ का २६ वर्षीय शुनील गुरुङ र बेलडागी–२ हर्ट नम्बर २०८ सेक्टर नम्बर ‘ए३’ का ३२ वर्षीय खगिन्द्र दुलाल रहेका छन् ।

बिहीबार साँझ उनीहरूले गाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नसाथ तत्काल खटिएको प्रहरी टोलीले मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

त्यस्तै, खोटाङ हलेसी तुवाचुङ–५ मयांखु स्थितमा गोरु काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानमा बस्नेहरू देशबहादुर सार्की, हीरा सार्की, सुभाष सार्की, रवीन सार्की, अमृत सार्की, सीता सार्की र लीलाबहादुर खड्का रहेका छन् ।

बिहीबार साँझ ६ बजे स्थानीयले दिएको सूचनाअनुसार खटिएको प्रहरीले सातै जनालालई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

एनसीडिए मोरङद्धारा आश्रममा स्वास्थ्य शिविर, ११० जनाको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधि ब्यवसायि संघ (एनसीडिए) मोरङले निःशुल्क आँखा जाँच शिवीर तथा औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।संघले विराटनगर ८ स्थित विराटेश्वर बृद्धाश्रम परिसरमा बिहीबार शिवीरको आयोजना गरेको हो ।नेपाल औषधि ब्यवसायि संघका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा दोस्रो चरणको बृक्षारोपण

विराटनगर, १ भदौ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि दोस्रो चरणमा पनि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथ क्लबले...

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँबानेश्वरका ३ घर सिल

काठमाडौं, ११ जेठ-कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका ३ घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको...

गउँसभाबाट फर्किंदै गर्दा चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार

संखुवासभा, ५ माघ । संखुवासभाको चिचिला गाउँपालिका- २ का वडाध्यक्षमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक...

आसाममलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित...

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं, २६ साउन-कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।काठमाडौंको कलंकीका ती पुरुष १५ साउनमा ललितपुर जिल्ला स्वास्थ्य कार्यालय भर्ना भएका...

नक्कली नोटसहित दुई भारतीय पक्राउ

महोत्तरी, २ असोज । महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र...

काठमाडौंमा रोकिएका बेलायती लिन विमान आउँदै

काठमाडौं, ५ वैशाख-लकडाउनका कारण रोकिएका नेपालमा राेकिएका बेलायती नागरिक लिन टिटान एयरको विमान आज काठमाडौं आउँदै छ । बेलायती राजदूतावासले विमान चार्टर गरेर राेकिएका नागरिक पठाउन लागेको हो । टिटान एयरको जहाज दुबईबाट काठमाडौं आउन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्