सप्तरीमा खाद्यान्‍न भन्दै मदिरा ओसार्ने पक्राउ

 न्यूज विराट
सप्तरीमा खाद्यान्‍न भन्दै मदिरा ओसार्ने पक्राउ

सप्तरी, ५ वैशाख-लकडाउन र सीमा नाका बन्द गरेर देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सप्तरीमा भने लागुऔषध र मदिरा कारोबारी सक्रिय भएका छन् ।

अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टरमा मदिरा ओसार्ने महादेवा गाउँपालिका–१ का ३२ वर्षीय श्रवण मण्डल राजविराज नगरपालिका–६ बाट पक्राउ परेका छन् ।

अत्यावश्यक खाद्यान्न भन्दै मदिरा ओसारिरहेको फेला परेपछि मण्डललाई पक्राउ गरी ट्याक्टर र मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।

‘चालक मण्डलसँग मदिराको बिल भर्पाई पनि थिएन, लकडाउनको उल्लंघन गर्दै खाद्यान्न सामग्री भनेर खोल्दा विभिन्न ब्राण्डका मदिरा भेटियो’, उनले भने ।

सम्बन्धित समाचार

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ९ र १० फागुनमा

काठमाडौं, ४ माघ-नेपाल मेडिकल काउन्सिलको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) फागुन ९ र १० गते हुने भएको छ । काउन्सिलले परीक्षाको लागि आवेदन खुलाएको छ । ५ माघदेखि अनलाइन फारम खुला गरिएको काउन्सिलले जनाएको...

‘महाजात्रा’ चलचित्रको टिम विराटनगरमा, झापामा प्रिमियर शो हुने

विराटनगर । आउँदो चैत्र ९ गते देश तथा विदेशमा एकैसाथ प्रदर्शन हुने चलचित्र ‘महाजात्रा’ को प्रिमियर शो झापाको बिर्तामोडमा हुने भएको छ । महाजात्रा टीमले मङ्गलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको प्रिमियर शो बारे जानकारी...

बुद्धोदयको आम्दानी १ करोड ५८ लाख

विराटनगर, १८ मंसिर–विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको आम्दानी गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको...

महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

विराटनगरमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी हुँदै

विराटनगर, १८ फागुन । विराटनगरमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी हुने भएको छ । ११२ औँ श्रमिक महिला दिवसको अवसर पारेर नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आगामी फागुन २३ गते विराटनगरमा महिला...

प्याब्सन मोरङको निर्वाचन : बस्नेत र सुवेदीको समूह चुनावी मैदानमा

विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन...

मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती तथा उँभौली पर्वको शुभकामना

विराटनगर, २५ -वैशाख-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुख,...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा आश्रित २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्