भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

 न्यूज विराट
भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ ।

उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानको कार्य सुरु गरिएको अख्यिारको सो कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले बताए ।

खरिद गरिएका भेन्टिलेटर, वल्ड ग्यास एनलाइजर, डिफिब्रिलेटर तथा मोनिटरलगायतका उपकरण सम्बन्धमा अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको जनाएपछि खरिद प्रक्रियामा अनियमितताको आशङ्का गरिएको थियो ।

महाकाली अस्पतालले १६ चैतमा बोलपत्र आह्वान गरेको भएता पनि बोलपत्र स्वीकृतिको प्रक्रिया अस्पताल खरिद एकाइ तथा मूल्याङकन समितिको हुने हुँदा बोलपत्रसम्बन्धी व्यवस्थापन समितिलाई जानकारी नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।

सम्बन्धित समाचार

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट कम्प्युटर अपरेटरको मृत्यु, ट्रकमा आगजनी

विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको...

७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द हुने

सिरहा, वैशाख १० । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी...

सीमामा खटिएका सशस्त्रका असईको मृत्यु

सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं, फागुन १४–यही २८–२९ फागुनमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा व्यवसायी चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरू चण्डी...

बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 

विराटनगर,  ३१ भदौ-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा बुधबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  बीपीको कोभिड अस्पतालमा सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु...

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री...

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेताहरु सामूहिक र एक्लाएक्लै भेटवार्तामा जुटी रहेका छन् । यसैबीच अहिले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्