स्थानीयवासीले प्रहरीलाई नटेरेपछि भैरहवामा सेना परिचालन

 न्यूज विराट
स्थानीयवासीले प्रहरीलाई नटेरेपछि भैरहवामा सेना परिचालन

लकडाउन पालना गराउन प्रहरीलाई सकस परेपछि रूपन्देहीकाे भैरहवामा सेनालाई सडकमा निकालिएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हाे ।

नेपाल प्रहरीले माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेकाले सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा विनाकाम सडकमा निस्कने क्रम बढेपछि सेनालाई समेत गस्तीमा खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । उनका अनुसार सेनाले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जाँचमा सघाउने छ ।  भैरहवाका बुद्धचोक, देवकोटाचोक, मिलनचोकलगायत क्षेत्रमा लकडाउनको समयमा पनि भीडभाड बढ्ने गरेको छ ।

सम्बन्धित समाचार

३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका...

लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता...

प्रदेश १ मा आज ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन

विराटनगर । वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै डा. रोकाको कविता सङ्ग्रह १०८ विमोचन गरिएको हो । डा. रोकाको १०८...

अतिरिक्त क्रियाकलापमा पनि शिक्षादीप अब्बल, प्रदेश स्तरीय हाजिरीजवाफमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगर । गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि विराटनगरस्थित शिक्षादीप कलेज उत्कृष्ट रहेको पाइएको छ । एकपछि अर्को गर्दै शिक्षादीप कलेजले लिएको सफलताले पनि अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको पुष्टि गरेको हो । हालै...

कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित धरानमा २ पक्राउ

सुनसरी–सुनसरीको धरान उप–महानगरपालिका ८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरीबाट धरानतर्फ जादैगरेको को २...

प्रचण्डको प्रस्ताव कुण्ठा र स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो : ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयमा पेस गरेको प्रस्ताव पार्टीकाे विधानविपरित रहेको बताएका छन् । आजको सचिवालयमा प्रचण्डको आरोपको लिखित जवाफ दिँदै ओलीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्