उपत्यकाका थप १६ निजी अस्पतालमा कोभिड-१९ क्लिनिक

 न्यूज विराट
उपत्यकाका थप १६ निजी अस्पतालमा कोभिड-१९ क्लिनिक

सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड- १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाका थप १६ वटा अस्पताललाई कोभिड- १९ क्लिनिक सञ्चालनका लागि सूचीकृत गरेको जनकारी दिएका हुन् ।

सरकारले कोरोना भाइरसको उपचार तथा नियन्त्रणका लागि अन्तरनिर्देशिका, २०७६ जारी गरेर केही अस्पताललाई कोभिड क्लिनिकका लागि अनुमति दिएको थियो । कोभिड क्लिनिक संचालनका लागि अनुमति पाएका २५ वटा हब अस्पताल, ६४ वटा प्रदेशिक अस्पताल र २२ वटा मेडिकल कलेजहरू रहेका छन् । सम्भावति जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड- १९ क्लिनिकका लागि छनोट गरेको हो ।

सरकारले उत्यकाका भित्रका बिरामीको लाने ल्याउने गर्नका लागि नेपाल रेडक्रससँग भएको र १ सय शय्याभन्दा बढी शय्या भएका अस्पतालहरूका एम्बुलेन्सहरूलाई समेत सेन्ट्रल नेटवर्कमा ल्याउने र ती एम्बुलेन्सलाई १०२ को टेलिफोन सेवामार्फत परिचालन गर्ने निर्णय गरेको प्रवक्ता डा. देवकोटाले बताए ।

सम्बन्धित समाचार

भारतीय मिडियाको दाबीः प्रधानमन्त्री ओलीको कुर्सी खतरामा

काठमाडौं, १७ असार-नेपालबारे कममात्रै समाचार छापिने भारतीय सञ्चारमाध्यममा पछिल्लो समयमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई नक्सामा समावेश गरेसँगै भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाउन थालेका छन् । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा...

यातायातमा ६२ करोड भ्रष्टाचार प्रकरण : तत्कालीन प्रमुखसहित पाँच जना गए कारागार

विराटनगर । राजस्व रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालयका पाँचजना पूर्वकर्मचारी पक्राउ परेका छन्।यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल र लेखापाल मणिराज दाहालसहित पाँचजनालाई जिल्ला प्रहरी...

कोरोना झन खतरनाक हुँदै गएको डब्लुएचओको चेतावनी

एजेन्सी, जेठ २७-संसारभरको धेरै देशमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आइरहेका बेला विश्व स्वास्थ्य संगठनले यो संक्रमण थप खतरनाक हुँदै गएको चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले सो कुरा बताएका हुन् ।...

प्रहरी सहायक निरीक्षक तामाङसहित ५ जनाविरुद्व मुद्दा दायर

काठमाडौं, ११ असार-हुण्डी कारोबारीले साथमा लिइआएको रकम बाँडफाँड गरी भ्रष्टाचार गरेको आरोपमा अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ वीरगञ्जका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । प्रहरी सहायक निरीक्षक तामाङ,...

जनकी पोलिट्यांकद्धारा मास्क र सेनिटाईजर बितरण

विराटनगर, चैत १०–कोरानो भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि विराटनगरको निजी क्षेत्रले समेत सक्रियता देखाएको छ । यसै क्रममा विराटनगर रोडशेष चोकस्थित सौगात हार्डवेयरले सेनिटाइजरसहित हात धुने व्यवस्था मिलाएको छ । रोडशेष चोकमा स्थापना गरिएको बेसिनबाट...

चौंथो मिल्स गोल्डकप, झापाको कनकाई सेमिफाइनलमा

विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २–१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा...

पत्रकार तथा उपन्यासकार कार्थकको ७७ वर्षको उमेरमा निधन

पत्रकार तथा उपन्यासकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको आशंकामा ललितपुरको हरिसिद्धिस्थित नेपाल नेपाल क्यान्सर अस्पतालमा उपचार उपचाररत थिए । क्यान्सर भए नभएको पुष्टि नहुँदै पिटरको हृदयाघातका कारण बुधबार...

विराटनगरमा विराट एक्स्पो सुरू

विराटनगर । विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा शनिबारदेखि विराट एक्स्पो सुरू भएको हो ।माघ २० गतेसम्म चल्ने विराट एक्स्पोको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्