आरडीटीबाट ८ सय २६ जनाको परिक्षण

 न्यूज विराट
आरडीटीबाट ८ सय २६ जनाको परिक्षण

विराटनगर, बैशाख ४-प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट परीक्षण गर्दा आज नेगेटिभ आएको हो ।

ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म जम्मा ३ सय ४१ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये ६५ महिला र २ सय ७६ पुरुष छन । परीक्षण नतिजा ४९ महिला र २ सय ४३ महिलाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पीसीआर विधिबाट नमूना परीक्षण गरिएका मध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार हालसम्म दुबै विधिबाट आएको परीक्षणहरुको नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तिव्रता दिएको जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बिहीबारसम्म कूल ५ सय ६८ जना छ । जसमा ४ महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् । क्वरोन्टाइनमा ६८ महिला र ५ सय पुरुष बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा ६ सय ३५ महिला र ३ हजार एक सय ८१ पुरुष गरी जम्मा जम्मा ३ हजार ८ सय १६ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेकोे छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो...

कोशीका दुई मन्त्रालयको ‘बेरुजु फछ्यौट  अभियान’, करोडौं बेरुजु असुल गरेको दाबी

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सशासन कायम गर्न भन्दै बेरुजु फछ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुबै मन्त्रालयमा मन्त्री भने भुपेन्द्र्र राई...

मोरङमा कांग्रेसले सुरु गर्यो जिताऔँ अभियान

विराटनगर,२९ फागुन/ नेपाली कांग्रेस मोरंगले आइतबारदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका...

प्रदेश १ मा माओवादी केन्द्रले गर्यो औपचारिक रूपमा मुख्यमन्त्री दाबी, छलफलका लागि वार्ता समिति निर्माण

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले...

गल्स अन ह्विल’ प्रतियोगितामा हुने

विराटनगर । नारी दिवसको अवसर पारेर ‘ गल्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरमा फागुन २४ गते गल्स अन ह्विल प्रतियोगिता गरिने भएको हो । आयोजकले...

राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरो : सदस्यसचिव वाग्ले

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा यस क्षेत्रको सोचेजस्तो विकास हुन नसेको बताएका छन् ।विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै...

बिचौलियालाई राज्यको सम्पत्ति सुम्पने निर्णय खारेज हुनुपर्छः इन्द्र आङ्बो

विराटनगर, २१ साउन । प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले ओली सरकारले विचौलियालाई राज्यको सम्पत्ती सुम्पने गरी गरेको निर्णय खारेज गर्न माग गरेका छन् । बिहीबारको प्रदेशसभामा विशेष...

विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो ’ हुने, १५ करोडको कारोबार हुने अपेक्षा

विराटनगर । विगतका वर्षहरु झैं यस वर्ष पनि मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर – २ शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्