संघ र प्रदेशबीच समन्वय हुनुपर्‍यो : मन्त्री घिमिरे

 न्यूज विराट
संघ र प्रदेशबीच समन्वय हुनुपर्‍यो : मन्त्री घिमिरे

विराटनगर, ४ वैशाख-प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । संघीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा काममा दोहोरोपना आउने गरेको उनले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलगायतका विषयमा प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँग बिहीबार गरेको संवादमा उनले सो सुझाव दिएका हुन् ।

प्राविधिक धारका विद्यालय छनोट संघीय सरकारबाट हुँदा सही बुझाइ नभएको पाइएको उनले बताए । ‘प्राविधिक धारको शिक्षालाई स्थापीत गर्ने प्रदेश सरकारको एक खालको कार्यक्रम छ’, उनले भने ‘संघीय सरकारले समन्वय नगरि निर्णय गर्दा असजिलो भयो ।’

संघीय सरकारले निर्णय गर्दा प्रदेश सरकारसँग समन्वय गरेर मात्र गर्नुपर्ने मन्त्री घिमिरेको सुझाव छ । उनले मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीले सीटीईभीटीको कक्षा सञ्चालन गरिरहेको अवस्थामा संघीय सरकारले दमकमा अर्को कक्षा सञ्चालन गर्ने निर्णय गर्दा समस्या भएको बताए ।

‘उर्लाबारी र दमककै बीचमा समान प्रकृतिका कक्षा सञ्चालन त्यत्ति व्यवहारिक भएन’ उनले भने । प्रदेश सरकारले तेर्हथुमको म्याङलुङमा प्राविधिक शिक्षालाई स्थापना गर्ने सम्पूर्ण तयारी गरिरहँदा संघीय सरकारले तेह्रथुमकै आठराईमा अर्को शिक्षण संस्था सञ्चालनको तयारी गर्दा समन्वयको अभाव देखिएको उनले गुनासो गरे ।

मन्त्री घिमिरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबारे प्रदेशका मन्त्रीहरुले सञ्चार माध्यमबाट थाहा पाउँदा प्रदेश सरकारको अस्तित्वलाई वेवास्ता गरेको अनुभूति भएको बताए । नमूना विद्यालय छनोट र भवन निर्माणका लागि आउने वजेट र कार्यक्रमबारे समन्वय नभएको मन्त्री घिमिरेले बताए ।

केन्द्रबाट विना मापदण्ड कार्यक्रम वितरण गरिने कुराले समस्या भएको मन्त्री घिमिरेको भनाई छ । सशर्त कार्यक्रमबारे नीतिगत रुपमा स्पष्ट हुन आवस्यक रहेकोमा उनले जोड दिए । अघिल्लो वर्षको नीति तथा कार्यक्रममा विद्यालय मर्ज गर्ने नीति लिए पनि प्रभावकारी नभएकोले कार्यन्वयनमा जोड दिनुपर्ने मन्त्री घिमिरेले बताए ।

तराई क्षेत्रमा विद्यालय संख्या घटाउनु पर्नेमा उनको जोड छ । ‘तराईमा ३ हजारदेखि ५ हजारसम्म पढ्ने क्षमता भएको विद्यालयको विकास गर्नुपर्छ, तराईमा गाडी र पहाडमा होस्टलको प्रबन्ध गरिनु पर्छ’ उनले भने ।

मन्त्री घिमिरेले प्रदेश १ का ९० प्रतिशत विद्यालयले देशव्यापी लकडाउन सुरु हुनुअघि नै कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसकेकाले विद्युतीय माध्यमबाट नतिजा प्रकाशन गर्न अनुमति दिनु पर्ने उनले बताए । नतिजा प्रकाशन गरेपनि भर्ना भने रोक्नुपर्ने उनको सुझाव छ । एसईई परीक्षा लकडाउन खुलेको निश्चित अवधि भित्रमा हुने भनेर सूचना दिन आवश्यक रहेको उनले बताए ।

कोभिड १९ र शैक्षिक शत्र आव २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटलगायतका विषयको ई–मिटिङमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, ७ वटै प्रदेशका सामाजिक विकास मन्त्री, मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने, मानार्थ महारथी दर्जा प्रदान गरिने

काठमाडौं, कात्तिक ११-भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे  नेपालको तीन दिने भ्रमणका  लागि आगामी कात्तिक १९ गते नेपाल आउने तय भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी...

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं, जेठ ७–नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक...

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका...

एउटा घरमा आगो लगाएर अर्के घरमा चोरी

विराटनगर, ३० माघ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको गरेको छ । बिहीबार राती अज्ञात समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो लगाई उनको छिमेकी कृष्ण विशङ्खेको...

शेखर सभापति, गगन महामन्त्रीको उम्मेदवार

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रकाशमान सिंहले कुनै हालतमा नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित भएको...

विराटनगरमा ३३ सय बढी मतान्तरसहित अघि बढ्दै नागेश, उपमेयरमा कार्कीको फराकिलो अग्रता कायमै

विराटनगर, ४ वैशाख । विराटनगर महानरपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता बनाएका उनले ४४ हजार ५ सय ६८ मत गनिसक्दा पनि फराकिलो मत अन्तरसहित अग्रता...

मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी अगाडि बढ्छुः प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेरेर भएपनि परिणाम दिने गरि काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका – ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो...

अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहयोग

विराटनगर । अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले कृषकहरुलाई सहयोग गरेको छ । बढ्दो विषादी प्रयोगबाट मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेकाले कृषकलाई अर्ग्यानिक खेतीमा आकर्षित गर्नका लागि क्लबले सहयोग गरेको हो । अंग्रेजी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्