भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर ल्याइँदै

 न्यूज विराट
भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर ल्याइँदै

भारतीय क्वारेन्टाइनमा रहेर आमाको किरिया गरिरहेका दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का वासुदेव भट्ट घर आउन पाउने भएका छन् । गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो ।

आमाको मृत्यु भएपछि भट्ट नेपाल प्रवेश नपाएर दार्चुलापारि भारतले सरकारले बलुवाकोटमा बनाएको क्याम्पको क्वारेन्टाइनमै किरिया बसेका छन् । उनकी आमाको मृत्यु भएको आज ३ दिन भएको छ । आमाको मृत्युपछि महाकालीमा हामफालेर घर आउने खोजेपछि भारतीय सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि उनी त्यहीँ आमाको मृत्यु संस्कारमा बसेका थिए ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले वासुदेवलाई घर ल्याउने प्रकिया सुरु भइसकेको बताए । उनले गृहमन्त्रालयको निर्देशनपछि भारतीय अधिकारीसँग कुराकानी भइसकेको र उनी आजै दार्चुला आइपुग्ने बताए । कुँवरले भट्ट दार्चुला आएपछि आवश्यक परीक्षण तथा व्यवस्था गरेर घर पुर्‍याइने जानकारी दिए ।

सम्बन्धित समाचार

भारतको उत्तर प्रदेशमा २ ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु

एजेन्सी, जेठ ३-भारतको उत्तर प्रदेशमा २ ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरू केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका...

मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् । कटहरी गाउँपालिका – ६ लोहन्द्रा...

बैंक बन्द नहुने : पैसा झिक्न र राख्न पाइने, शुल्क छुट

सरकारले सम्भव भएसम्म निजी क्षेत्रका कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै विद्युतीय माध्यमको प्रयोग गर्दा हुने कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेका हुन् । तर, ...

सामाजिक काममा सक्रिय पललाई ‘रियल हिरो अफ दि इयर’ अवार्ड

काेराेना महामारी, प्राकृतिक विपत्तीमा प्रभावित नागरिकलाई निरन्तर सहयाेग, राहतमा उपलब्ध गराएका नायक पल शाहले 'रियल हिराे'काे सम्मान पाएका छन् ।  लकडाउनमा बेरोजगार बनेका सिनेकर्मीलाई राहत तथा सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई 'रियल हिरो अफ दि...

टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु

विराटनगर, ६ मंसिर । झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे...

‘एभरेष्ट कार्निभल’ हुँदै, १८ वटा स्टलमा २५ हजार बढीले अवलोकन गर्ने

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउन्डेशनले पहिलो पटक ‘एभरेष्ट कार्निभल’ को आयोजना गर्ने भएको छ । एभरेष्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेष्ट कार्निभल’ गर्ने भएको हो । एभरेष्ट एजुकेशन फाउन्डेशनले विराटनगरमा...

इप्रका रामपुर ठोक्सीलाको सक्रियता बढ्यो, ठूलो परिमाणमा सुपाडीसहित तीन जना पक्राउ

विराटनगर । उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाका प्रहरी निरीक्षक ऋषिराम ढकालको कमाण्डमा खटिएको प्रहरी टोलीले...

मोरङमा शान्ति सुरक्षा स्थापनाका लागि प्रविधि र जनशक्तिको प्रयोग

विराटनगर, असार ६–मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको जनाइएको छ । सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्