सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने, क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून

 न्यूज विराट
सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने, क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून

खोटाङ, ४ वैशाख-बराहपोखरी गाउँपालिकामा काठमाडौँबाट फर्किएका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट ३ दिन लगाएर गाउँ आइपुगेका उनीहरूलाई वडा नम्बर–४, फाक्टाङस्थित बालकन्या मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा मङ्गलबारदेखि राखिएको हो ।

उनीहरूलाई काठमाडौँबाट घर आउने क्रममा बाटैबाट क्वारेन्टाइनमा लगेर राखिएको गाउँपालिका उपप्रमुख गोमा मगरले बताइन् । यस्तै, विदेशबाटै फर्किएका खोटेहाङ गाउँपालिकाका ३ जनालाई पनि मङ्गलबारदेखि नै क्वारेन्टानमा राखिएको छ ।

वडा नम्बर–९ लिच्कीराम्चेको माविमा बनाइएको क्वारेन्टाइनमा २ जना र वडा नम्बर–७ खोटाङबजारस्थित स्वास्थ्यचौकीमा निर्माण गरिएको क्वारेन्टानमा १ जनालाई राखिएको हो ।

चितवनबाट पैदल यात्रा गर्दै घर आएका २ जनालाई क्वारेन्टाइनमा राखिएको लिच्की राम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताए । उनीहरूसँगै गाउँ आएका अर्का व्यक्तिलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको जनाइएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको क्वारेन्टाइनमा पछिल्लो समय १ जना थपिएका छन् । बिराटनगरबाट गाउँ आएका एक युवालाई गत मङ्गलबारदेखि क्वारेन्टाइनमा राखिएका गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

उनलाई वडा नम्बर–१ याम्खास्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ । हाल याम्खा स्वास्थ्यचौकीको क्वारेन्टाइनमा ९ जना बसिरहेका छन् भने वडा नम्बर–५ सछितापोखरीस्थित जनचेतना प्रावि तृतीय भञ्ज्याङमा बनाइएको क्वारेन्टानमा ६ जना बसिरहेका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा क्वारेन्टाइन बस्नेमा जिल्लाकै सबैभन्दा बढी १५ जना पुगेको छ । जिल्लाका हरेक स्थानीय तहले क्वारेन्टाइन बस्नेलाई खाने, बस्ने र स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ ।

हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा ९ जना, केपिलासगढी गाउँपालिकामा ४ र साकेला गाउँपालिकामा १ जनालाई क्वारेन्टाइनमा राखिएको छ । २ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा अहिलेसम्म पनि विदेशबाट फर्किने व्यक्तिको सङ्ख्या यकिन भएको छैन ।

मुख्य नाका छलेर आउनेक्रम अझै जारी रहेकाले तथ्याङ्क आउन बाँकी रहेको कोरोना रोकथाम तथा नियन्त्रा जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।

जिल्लाका १० स्थानीय तहमा ३७५ शैयाको क्वारेन्टाइन तथा २० शैयाको आइसोलेसन वार्ड तयार पारिएको छ । तर, हालसम्म छ गाउँपालिकाले विदेशबाट फर्किएका स्थानीय बासिन्दालाई क्वारेन्टाइनमा राख्न सकेको छैन ।

विदेशबाट फर्किएका अधिकांश व्यक्ति घरैमा बसिरहेका छन् । स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने छुट दिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो । रासस

सम्बन्धित समाचार

नेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं, १३ जेठ-स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई पठायो १३ अर्ब बढी भुक्तानी

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको...

इलाममा आज एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना

इलाम, २२ साउन-इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही १८ साउनमा स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर...

ब्याजदर छुट दिन जलविद्युत् व्यवसायीको माग

काठमाडौं, ११ असार-ऊर्जा व्यवसायीले जलविद्युत् आयोजनाका लागि प्रवाह भएको बैंक कर्जाको ब्याजदरमा छुट दिन माग गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा व्यवसायीले धारणा राखेका हुन् । उनीहरूले विदेशी मुद्रामा विद्युत्...

प्रेस काउन्सिलका कावा अध्यक्ष श्रेष्ठद्वारा सर्वोच्चमा रिट

काठमाडौं, १ भदौ-प्रेस काउन्सिल नेपालको सदस्य नियुक्तप्रति विरोध जनाउँदै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ पत्रकार दीपक पाण्डे र अधिवक्ता दुर्गा...

जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा रोक

रकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो । संघीय मामिला तथा...

पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

एजेन्सी, असार १९-पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् । यात्रुबाहक...

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्