वीरेन्द्रनगरमा पाहुना प्रवेशमा रोक

 न्यूज विराट
वीरेन्द्रनगरमा पाहुना प्रवेशमा रोक

वीरेन्द्रनगर, ४ बैशाख-सुर्खेतको वीरेन्द्रनगरमा बन्दाबन्दी (लकडाउन) अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइने भएको छ ।नगरपालिकामा आउने विदेश, अन्य जिल्ला वा पालिका बाहिरबाट आउने पाहुना तथा नातेदार व्यक्तिलाई घरमा प्रवेश गर्न नदिइने भएको छ ।

विभिन्न जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै नगर बाहिरबाट आउने पाहुनालाई प्रवेशमा रोक लगाइने भएको हो । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले बाहिरबाट आउने पाहुनालाई घरमा प्रवेश गर्न नदिने निर्णय गरेको कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले बताए ।

आगामी दिनमा बाहिरबाट आउने व्यक्तिलाई राख्ने गरी १ सय शय्याको क्वारेन्टाइन सार्वजनिक विद्याAलयमा व्यवस्थापन गर्ने गरी अघि बढ्ने ढकालले जानकारी दिए । यसअघि ६० शय्याको क्वारेन्टाइन निर्माण भइसकेको छ ।

त्यसैगरी राहत वितरणको कामलाई यही ७ वैशाखमा सम्पन्न गर्ने गरी अघि बढेको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए ।

यसरी वितरण गर्दा सामग्रीको हकमा हाल प्रदेश सरकारबाट प्राप्त ५ सय ६९ प्याकेट खाद्यान्न वितरण गर्ने र सो बाट नपुग हुने भएमा नगरपालिकाले पुनः खरिद गरी पोका तयार गरेर वितरण गर्ने प्रशासकीय अधिकृत सुवेदीले बताए ।

यस्तै, पहिलो चरणको राहतमा छुटेका परिवारकोे विवरण वडा समितिको निर्णयसहित आज दिनको १२ बजेसम्म नगरकार्यपालिकाको कार्यालयमा पेस गर्न पनि अनुरोध गरिएको उनले बताए । रासस

सम्बन्धित समाचार

विवाद साम्य पार्न तीव्र छलफलमा नेकपा नेता

काठमाडाैं, २२ असार-शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाे भन्दै साेमबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भयाे । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन सय विरुवा रोप्यो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन सय विरुवा रोपेको छ । क्लबले हालसम्म विभिन्न स्थानहरुमा तीन सय बढी विरुवाहरू रोपिसकेको हो । सो अभियान अन्तर्गत क्लबले शनिबार दोस्रो चरणको वृक्षारोपण शिव अधारभूत विद्यालय...

ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

नेकपा प्रचण्ड–माधव समूहको सचिवालय सदस्य झलनाथ खनालले आउँदो चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने दाबी गरेका छन् । बुधबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत...

गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय १६ पुग्यो

पोखरा, २४ असार-गण्डकी प्रदेशमा बुधबार बिहान ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार...

नेकपा सचिवालय बैठकमा एमसीसी र संविधान संशोधनबारे छलफल

काठमाडौं, १० जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको अनौपचारिक बैठकमा संविधान...

विराट एक्स्पोको तयारी पुरा, मंसिर २९ गतेबाट विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने...

पछिल्लो २४ घण्टामा ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ जना सङ्क्रमितको मृत्यु

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १ सहजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्