निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

 न्यूज विराट
निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ ।

एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनेटाइजर बिक्रीवितरण गरेको पाइएपछि प्रहरीले उक्त पसलमा बुधबार छापा मारेर बन्द गरेको हो ।

कम्पनीले सरकारलाई निःशुल्क उपलब्ध गराएको ह्याण्ड सेनेटाइजरको बोतलमा ‘बिक्रीका लागि होइन’ लेखिएको भन्ने वाक्यांश छोपेर प्रतिबोतल ६ सय रुपैयाँका दरले बिक्री वितरण गरिररहेको पाइएपछि प्रहरीले सो फर्म बन्द गरेको जनाइएको छ ।

कमला मेडिसिनका सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीको मिलेमतोमा स्यानिटाइजर बिक्री भएको सामाजिक सञ्जालमार्फत गुनासो आएलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानपछि औषधि पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । रासस

सम्बन्धित समाचार

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता

विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरको डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन अन्तर्गत इन्ट्रयाक्ट क्लब डिएभी र डिपिएसको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । ‘माबाइल फोन...

लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा भबेस

विराटनगर । लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा श्याम लाल पौडेल (भवेस) चयन भएका छन् । पौडेल वर्ष २०२४–०२५ को लागि अध्यक्षमा चयन भएका हुन् ।यसैगरी क्लबका प्रथम उपाध्यक्ष शर्वण कान्त दाहाल, द्धितीय उपाधयक्षमा पंकज कर्ण,...

स्वच्छ वातावरणमा बाँच्न पाउने हक सार्थक बनाउन प्रण गर्नुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौँ, जेठ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ ।...

प्रदेश १ मा ६ संक्रमित थपिए, ३३ डिस्चार्ज

विराटनगर, २९ असार–प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा...

कटहरी गाउँपालिकाद्धारा ट्राफिक प्रहरीलाई व्रेथलाइजर मेशिन हस्तान्तरण

विराटनगर । मोरङको कटहरी गाउपालिकाले जिल्ला ट्रफिक कार्यालय मोरङलाई आज एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ । मादक पर्दाथ सेवन मापसे चेकजाचमा प्रयोग हुने व्रथलाइजर मेशिन पालिकाले हस्तान्तरण गरेको हो ।गाउपालिकामा एक कार्यक्रमको आयोजना गरि...

एक सातामा विदेशमा २८ नेपालीको मृत्यु

काठमाडौं, १८ साउन-विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका ७ दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा १ जनाले ज्यान गुमाएका हुन् ।  ...

कर्मचारी संगठन प्रदेश १ समिति अध्यक्षमा रुद्र सुवेदी चयन

विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्