डाक्टरमाथि लाठी चार्ज प्रकरण : महाराजगञ्ज वृत्तका डीएसपी लम्साललाई मेट्रो तान्ने तयारी

 न्यूज विराट
डाक्टरमाथि लाठी चार्ज प्रकरण : महाराजगञ्ज वृत्तका डीएसपी लम्साललाई मेट्रो तान्ने तयारी

काठमाडौं, ४ बैशाख-महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेल लम्साललाई तान्ने तयारी भएको छ । महाराजगञ्ज प्रहरीले दबंग शैलीमा उत्रिएर डाक्टरमाथिनै लाठी चार्ज गरेको विषय सार्वजनिक भएपछि उनलाई कारबाही स्वरुप महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरी तान्ने तयारी भएको हो ।

बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टर शम्भु खनाल, तेजप्रसाद साह र विकाश साह माथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

लाठी चार्ज गर्ने क्रमा डीएसपी सोयम् घटना स्थलमा भइएको पाइएपछि उनलाई तान्ने तयारी भएको रानीपोखरी प्रहरी कार्यालय स्रोतको भनाइ छ । डाक्टरहरु अस्पतालको ड्युटी सकेर साँझ घर फर्कने क्रममा कान्तिबाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले उनीमाथि चार्ज भएकाे थियाे ।

प्रहरीको लाठीले घाइते भएका डाक्टर शम्मु खनालले समेत प्रहरीको भ्यानमा आफूहरुले नचिने पनि प्रहरी हाकीमनै रहेको शिलापत्रलाई यसअघिनै बताएका थिए ।

घटनाको छानविन गर्न यस अघिनै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले तीन जनाको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिमा रानीपोखरीका एसएसपी किरण बज्रचार्या, अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटी रहेका छन् । डीएसपी लम्सालमाथि परिस्थितिको मूल्यांक नै नगरी आक्रामाक शैलीमा काम गरेर चर्चामा आउन खोजेको भन्दै चौतर्फि विरोध भएको छ ।

सम्बन्धित समाचार

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न, ५८ पदकसहित पब्लिक मावि प्रथम (फोटो फिचरसहित)

विराटनगर । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सुरु भएको सो प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।  यस वर्षको राष्ट्रपति...

लियोको फ्लाई युथ क्याम्प नाम्जेमा

विराटनगर । लियो जिल्ला परिषद ३२५ सि ले फ्लाई युथ क्याम्पको आयोजना गरेको छ। लियो क्लवमा आवद्ध युवाहरुमाझ फेलोसिपको माध्यमद्वारा नेतृत्वको विकास गर्ने उद्देश्यले फ्लाइ युथ क्याम्प आयोजना गरेको हो । क्याम्पको उद्घाटन सत्र धरान...

सुनसरीको खनारमा दुर्घटना, विद्यार्थीको मृत्युपछि स्थानीयले जलाए बस

विराटनगर । सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले...

प्रदूषण फैलाउने महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग

विराटनगर । विराटनगरका उद्योगी पारस लोनियाले मोरङको बुढीगंगा गाउँपालिका ३ मा संचालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन...

देशभर थप ४८८ जनामा कोरोना पुष्टि, आधाभन्दा धेरै काठमाडौं उपत्यकाका

काठमाडौं, २७ पुस-देशभर पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गर्दा १९२ महिला र २६९ पुरुषमा कोरोना पुष्टि भएको...

अनेरास्ववियु ओखलढुंगामा विवाद

नेकपा (एमाले) निकट विध्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगामा व्यापक विवाद देखिएको छ । केन्द्रीय सचिव आरती भट्टराईले सर्कुलर विपरित गतिविधि गरेको भन्दै विवाद चुलिएको हो ।अनेरास्ववियु केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठकले संगठनको सन्दर्भमा २३ औं राष्ट्रिय...

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप पठाउदै

काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...

प्रदेश १ मा ८३ कोरोना संक्रमित थपिए

विराटनगर, १२ असोज–प्रदेश १ मा सोमबार ८३ जनाकोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २÷२, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिकविकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्