अध्यक्ष तिमिल्सिनाले गरे ७ प्रदेशका सभामुखसँग छलफल

 न्यूज विराट
अध्यक्ष तिमिल्सिनाले गरे ७ प्रदेशका सभामुखसँग छलफल

काठमाडौं, ३ वैशाख-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ७ वटै प्रदेशका सभामुखसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले ७ प्रदेशका सभामुखसँग छलफल गरेका हुन् ।

भिडियो कन्फ्रेन्समा लकडाउनको क्रममा प्रदेश र स्थानीय तहमा देखिएका समस्याको सूचना लिएर सम्बन्धित निकायमा पुर्‍याउने विषयमा प्रदेश सांसदसँग छलफल चलाउन अध्यक्ष तिमिल्सिनाले आग्रह गरे ।

यस्तै, लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिले देखिनै छलफल चलाउनुपर्ने उनले बताए । भिडियो कन्फ्रेन्समा प्रदेश सभामुखले सामाजिक दूरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसदले गरिराखेको बताएका छन् ।

सम्बन्धित समाचार

देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएकै दिन माधव समूह अलग, अल्पमतमा विपक्षी गठबन्धन

काठमाडौं, असार २८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिनुभएको छ । नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै...

कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना...

तीन जना दाजुभाईले ६० लाखमा खोले ‘नाइस बिरयानी’

विराटनगर । तीन जना दाजुभाइ मिलेर मोरङको धनपालथान गाउँपालिका – ६ कदमाहास्थित नाइस बिरयानी एण्ड फेमेलि होटल संचालनमा ल्याएका छन् । करिब ६ लाख बढीको लगानीमा उक्त होटल शुक्रबारदेखि संचालनमा ल्याएका हुन् । होटलको उद्घाटन...

विराटनगरमा कुकुरको बन्ध्याकरण गर्न सुरू, दुई चरणमा साढे १ हजारको बन्ध्याकरण गरिने

विराटनगर । विराटनगरमा सामुदायिक कुकुरको बिगबिगी बढेपछि बन्ध्याकरणसँगै रेविजविरुद्धको खोप अभियान सुरू गरेको छ । मर्निङवाकमा हिंड्दा पनि सामुदायिक कुकुरको डर मान्दै हिंड्नुपर्ने अवस्था आएपछि विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सोमबारबाट...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...

विराट मेडिकल कलेजमा ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 

मोरङ, ५ असोज-ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए ।  उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई...

५२ प्रतिशत कोरोना संक्रमित होम आइसोलेशनमा

कर्णाली,  ५ असोज-कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४ सय ५२ जना सक्रिय संक्रमित मध्ये  २ सय ३७ जना  अर्थात ५२ प्रतिशत संक्रमित...

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

विराटनगर, असार १०-विराटनगर महानगरले आगामी आर्थिक वर्ष २०७७÷२०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजारको अनुमानित आय–व्ययसहितको बजेट ल्याएको छ । महानगरेको छैंटौं नगरसभामा चालु आर्थिक वर्षको तुलनामा २२ प्रतिशत न्यून बजेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्