कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

 न्यूज विराट
कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा स्वास्थ्यसम्बन्धी भइरहेका क्रियाकलाप तथा तथ्याङ्क सर्वसाधारणमा पु¥याउने लक्ष्य राखेको छ ।

एन्ड्रोइड मोबाइल फोनमा प्लेस्टोरमा गएर ‘गण्डकी स्वास्थ्य’ एप्स डाउनलोड गर्न सकिने निर्देशनालयले जनाएको छ । सोमबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सो एप्सको उद्घाटन गरे ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले एप्सको माध्यमबाट सर्वसाधारणसम्म हालसम्म प्रदेशमा भए÷गरेका गतिविधि पुग्ने र कोहीकसैलाई केही स्वास्थ्य समस्या आइपरेमा निर्देशनालयमा सम्पर्क गर्न सकिने बताए ।

निर्देशनालयले गण्डकी प्रदेशका हालसम्म एक हजार ७८२ जनाको कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० परीक्षण गरिएको जनाएको छ ।

चैत महिनामा भारतलगायतका मुलुकबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सरकारले प्रदेशका ११ वटै जिल्लामा आरडिटी परीक्षण सुरु गरेको थियो ।

सोमबार साँझसम्म कास्कीमा ८०, स्याङ्जामा २ सय९, तनहुँ ७९, लमजुङ १ सय ८, गोर्खा २८ र पर्वतमा २ सय ३९ जनाको आरडिटी परीक्षण गरिसकिएको छ ।

त्यसैगरी, म्याग्दीमा ५२, बाग्लुङ ९ सय ११, नवलपुर ६९ र मुस्ताङमा ७ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । परीक्षण गरेकाहरु सबैको नतिजा नेगेटिभ आएको बताइन्छ । प्रत्येक जिल्लाका स्थानीय तहसम्म पुगेर विदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण गर्ने गरिएको निर्देशनालयका निर्देशक डा. विनोविन्दु शर्माले जानकारी दिए । रासस

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन

पोखरा, १९ असार-प्रधानमन्त्री केपी शर्मा ओली नै पदमा रहनुपर्ने माग गर्दै पोखरामा युवाहरूले प्रदर्शन गरेका छन् । शुक्रबार झरीको प्रवाह नगरी पोखराको चिप्लेढुंगामा युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘केपी ओली जिन्दावाद’, ‘नागरिकता विधेयक...

अत्यावश्‍यक कामको लागि विस्तृत योजना ल्याउन राष्ट्र बैंकले निर्देशन

काठमाडौं २९ साउन-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्‍यक कामको निरन्तरताको लागि विशेष कार्ययोजना ल्याउनको निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार १ सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । समुदायस्तरमा कोभिड-१९ को...

राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित छलफल, अधिकतम पदक जित्ने गरी तयारीमा लाग्न जोड

विराटनगर । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट प्रतिनिधित्व गरेर जाने खेलाडीहरुले अधिकतम पदक जित्ने गरी तयारीमा लाग्नुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरमा शुक्रबार भएको १० औँ...

एक्ली नारी, मेयरलाई भारी

विराटनगर । एक्ली निमुखा नारी इन्दिरा चापागाईं विराटनगर महानगरका मेयर नागेश कोइरालालाई भारी परेकी छन् । बरगाछीस्थित गोग्राहा कलेजलाई महानगरले बजेट उपलब्ध गराउन हुँदैन भन्दै तीन महिनादेखि मूलगेटमा बाहिर शान्तपूर्वक धर्ना बस्दै आएकी ५२ बर्षिया इन्दिरालाई...

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

कोरोनाबाट उपत्यकाका ६ सहित एकै दिन १६ जनाको मृत्यु

काठमाडौं, ५ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ महिला र १३ पुरुष गरी थप १६ संक्रमितको निधन भएको...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्