महोत्तरी २ वैशाख-प्रदेश-२ लाई कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा उपचारमा खटिन स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिङ इक्यपमेन्ट (पीपीई)लगायतका सामग्री हस्तान्तरण गरेकी छन् ।
आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लामो समयदेखि प्रदेश-२ का स्वास्थ्यकर्मी त्रासमा काम गर्नु परेको भन्दै संघीय सांसद तथा नेपाल-भारत महिलामैत्री समाजका अध्यक्ष चन्दा चौधरीले मुख्यमन्त्री लालबाबु राउतलाई सो सामग्री हस्तान्तरण गरेकी हुन् ।
स्वास्थ्यकर्मीलाई कोरोना सक्रमणको जोखिमबाट सुरक्षित हुँदै सेवा प्रवाह गर्नका लागि १४ लाख मूल्य बराबरको हाइ प्रेसर वाटर स्प्रे मेसिन, सेनिटाइजर, सर्जिकल मास्क, री यूजूबाल पीपीई, सर्जिकल गमबुट, टोपी, ग्लोभ्सलगायतका सामग्री हस्तान्तरण गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।
समाजका अध्यक्ष चौधरीले जिल्ला अस्पताल जलेश्वर, जिल्ला अस्पतालगौर र जिल्ला अस्पताल मलगंवालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । स्वास्थ्य परीक्षण गर्न आवश्यक साधनस्रोत नहुँदा सामाजिक दूरी कायम राख्दै सेवा दिँदै आएका अस्पतालका स्वास्थ्यकर्मीलाई सामग्री हस्तान्तरण गरिएपछि सहज भएको तथा अस्पताललाई सुरक्षित बनाउन समाजले गरेको सहयोगले सङ्क्रमण रोक्न सघाउने विश्वास गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णा साहले व्यक्त गरे ।