एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए । डा.टेड्रोसले बिना खोप कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न नसकिने स्पष्ट पारे ।
नियमित पत्रकार सम्मेलनका क्रममा उनले २००९ मा फैलिएको स्वाइन फ्लुको तुलनामा कोरोना भाइरस १० गुणा बढी घातक रहेको बताए ।उनले भने, ‘हामीलाई कोभिड–१९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ मा फैलिएको स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’