डेकेन्द्र पत्रकारिता पुरस्कार शाहीलाई

 न्यूज विराट
डेकेन्द्र पत्रकारिता पुरस्कार शाहीलाई

दैलेख, १ बैशाख-जिल्लाको पहिलो पत्रिका ‘धमाका’ले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नमन शाहीलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालीन द्वन्द्वका समयमा हत्यापछि शव बेपत्ता पारिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्सँगै परिवारलाई न्याय दिन पत्रकार शाहीले खेलेको भूमिकाको कदर गर्दै दैनिक पत्रिकाको १४औँ वार्षिकोत्सवका यस वर्षको सो पुरस्कार घोषणा गरिएको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष भइसक्नुभएका शाहीलाई ५ हजार रुपैयाँसहित दोसल्ला ओढाइने बताइएको छ । हरेक नयाँ वर्षको पहिलो दिन विशेष कार्यक्रम गरेर पत्रिकाको वार्षिकोत्सव मनाइँदै आएको भए पनि यस वर्ष कोरोना सङ्क्रमणको त्रासका कारण मनाउन नसकिएको र सहज परिस्थिति भएपछि पुरस्कार दिइने पत्रिकाका प्रकाशक तथा सम्पादक विष्णु शर्माले जानकारी दिए ।

गत वर्ष सो पुरस्कार यज्ञराज थापालाई दिइएको थियो । नियमित ग्राहकमध्ये पालिकामा एक, सुशासन र पारदर्शी ढङ्गले काम सञ्चालन गरेका प्रमुख एक, नियमित विज्ञापनदाता मध्येबाट एक र पत्रिकामा रहेर काम गरिरहेका उत्कृष्ट सञ्चारकर्मी एक गरी गत वर्षदेखि ५ जनालाई सम्मान गर्ने गरिएको छ । रासस

सम्बन्धित समाचार

कोरोनाबाट २४ घण्टामा ७ जनाको मृत्यु

काठमाडौं, १५ भदौ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको निधन भएको पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १ बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले...

संसदमा जसपा विभाजित : महन्थ प्रतिपक्षमा, उपेन्द्र सत्तापक्षको सिटमा

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष सत्तापक्षको सिटमा आसिन छन् । जसपाले कानुनी रूपमा विभाजन कुरिरहेको छ । निर्वाचन...

भगतलाई उपाध्यक्षको जिम्मेवारी

विराटनगर, फागुन २२–विराटनगरका व्यवसायी पशुपति भगतले नेपाल कृषिजन्य आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पाएका छन् । चितवनको सौराहामा सप्पन्न केन्द्रीय भेलाले भगतलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । भगत...

जनकपुरधाम उपमहानगरको मूलद्वारमा फोहोर फालेर विरोध

जनकपुरधाम, ६ साउन-जनकपुरधाम उपमहानगरपालिकाको मुख्य बजार नै फोहोरको ढंगुर बनेपछि स्थानीय युवाले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन् । उनीहरूले नगर क्षेत्रको फोहोरहरू ट्याक्टरमा संकलन गरेर कार्यालय परिसर अगाडि थुपारेर विरोध प्रदर्शन गरेका...

धनुषाबाट हतियारसहित दुई जना पक्राउ

जनकपुर, ३० चैत-लकडाउनका बेला भरुवा बन्दुकसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुकसहित  मिथिला नगरपालिका-४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई पक्राउ गरेकाे...

कोरोनाबाट उपत्यकामा ५ सहित थप १४ जनाको निधन

काठमाडौं, २७ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा तीन महिला र ११ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।  मन्त्रालयका अनुसार...

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना

काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

बेलायतबाट आएका ३ जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, पाटन अस्पतालको आइसोलेनसमा उपचार हुँदै

काठमाडौं, १-बैशाख-काठमाडाैंकाे पेप्सिकोलास्थित एनसीटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइसर (कोभिड–१९) आशंका गरिएको छ । अपार्टमेन्टको १५ तल्लामा बस्दै अाएका जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि टेक अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्