फूल हेर्दै चित्त बुझाउँदै किसान

 न्यूज विराट
फूल हेर्दै चित्त बुझाउँदै किसान

चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ फूल जान छाडेपछि बारीमा नै सुकेर नष्ट हुन थालेको छ ।

कतिपयले त फूल बिक्री गर्न नपाएपछि काटेर फाल्नसमेत सुरु गरेको पश्चिम चितवनमा फूल व्यवसाय गर्दै आएका बद्री रानाले जानकारी दिए ।उनले एक बिघा १० कट्ठामा फूल खेती गर्दै आएका छन् । ग्याडुलस जातको फूल लगाएका राना अहिलेसम्म १ लाख रुपैयाँ भन्दा बढीको फूल काटेर फालेको बताए ।

फ्लोरीकल्चर एशोसिएशन नेपाल चितवनका अध्यक्ष प्रकाश पन्त अहिले फूल खेती गर्ने किसान चिन्तित बन्न थालेको बताए । उनका अनुसार व्यावसायिकरूपमा गरिएको फूल खेती ग्याडुलस र गोदावरी बारीमा नै सुक्न थालेका छन् । पन्तले जिल्लामा ६ बिघाभन्दा बढीमा लगाइएको ग्याडुलस र गोदावरी फूल नष्ट भएको जानकारी दिए ।

१ बिघाको फूल बिक्री गर्दा १५ लाख रुपैयाँ हाराहारी आम्दानी हुने भए पनि ती सबै नष्ट हुने अवस्थामा पुगेको उनले बताए । अधिकांशले जग्गा भाडामा लिएर महँगोमा खरिद गरेको बीउ र गोडमेलमा धेरै खेताला लगाउने हुँदा व्यवसायी मारमा परेको उनको भनाइ छ । रासस

सम्बन्धित समाचार

भारतकी चर्चित गायिका लता मंगेशकरको निधन

एजेन्सी, २३ माघ । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत रहेकी लताको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । सन् २००१...

प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो:प्रचण्ड

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् । आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको...

ताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवककाे मृत्यु

चट्याङ लागेर ताप्लेजुङकाे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकामा...

फोनिजको छैटौं पूर्ण बैठक : कोशी नाम खारेजलगायत १३ बुँदे घोषणापत्र जारी

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको छैटौं बैठकले १३ बुँदे घोषणापत्र जारी गरेको छ । विराटनगरमा सम्पन्न उक्त बैठकले प्रदेश १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमिलगायतलाई नामटे गरी कोशी नामकरण गरिएको...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी संन्जयसिंह थापा, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । बराइनबाट १५ दिनको बिदामा घर आएका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको विर्भत्स तरिकाले हत्या गरेको अवस्थामा २०७८ फागुन ४ गते सुनसरी धरान धनकुटा सडक खण्डको खर्दु सामुदायिक वनमा भेटियो ।...

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी...

होम आइसोलसनमा बस्नेहरूका लागि यस्ता छन् मापदण्ड

काठमाडौं, २४ साउन-सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो । होम...

सिरहामा राहत वितरणका विषयमा झडप

जनकपुर, २२ वैशाख-सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्