लकडाउनलाई कडाइ गर्न सीमामा ६ हजार सशस्त्र प्रहरी, नयाँ सीम लिने २० हजारको खोजी हुँदै

 न्यूज विराट
लकडाउनलाई कडाइ गर्न सीमामा ६ हजार सशस्त्र प्रहरी, नयाँ सीम लिने २० हजारको खोजी हुँदै

काठमाडौं, १ वैशाख-सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ ।

सीमा क्षेत्रमा अवैध रूपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन एक हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त परिमाणमा जनशक्ति खटाइएको हो । केही स्थानमा भने सीमा पूर्ण रुपमा नै बन्द गरिएको छ भने कोही कसैलाई पनि आवतजावत गर्न नदिइने प्रबन्ध गरिएको छ ।

छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसिएमसी)मा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बललाई नै थप प्रभावकारी रुपमा लकडाउन पालना गराउन परिचालन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार लकडाउनका समयमा हुने अवैध आवतजावतका कारण कोरोनाको सक्रमण फैलने सन्त्रासलाई रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बललाई उल्लेख्य मात्रामा परिचालन गरिएको र उनीहरूले २४ सै घण्टा सीमा निगरानी गरिरहेका छन् ।

पछिल्ला दिनमा भारतमा कोरोना सङ्क्रमणको दर बढीरहेको कारण पनि नेपालमा थप जोखिम उत्पन्न हुने अवस्थालाई सरकारले विशेष ख्याल गरेको छ । आज मात्रै वीरगञ्जमा थप तीन जनामा कोरोना भाइरस सक्रमण देखिएकाले आवश्यक परेको खण्डमा थप जनशक्ति समेत परिचालन हुन सक्ने सरकारको भनाइ छ ।

नेपाल–भारत सीमा नाकाको नियमति निगरानी गरी आवागमन पूर्णत बन्द गरिएको छ । देशभरको दैनिक शान्ति सुरक्षाको अवस्था समीक्षा गरी आवश्यकताअनुसार समन्वयात्मक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

२२ सय नेपाली भारतीय क्वारेन्टाइनमा    

भारतमा कूल २ हजार २३० जना नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । उनीहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि नेपाल आउन सक्ने र नेपालमा समेत थप परीक्षण गरेपछि मात्रै आ–आफ्नो घरमा जान सक्ने छन् तर उनीहरु पुनः घरमा नै क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

यस्तै, नेपालतर्फ पनि कूल ६६१ जना भारतीय क्वारेन्टाइनमा छन् । नेपाल भारत सीमा क्षेत्रमा रहेका ती नागरिकलाई नेपालतर्फ प्रदेश सरकारको समन्वयमा स्थानीय तहले र भारतमा रहेका नेपाली नागरिकलाई भारत सरकारले आवश्यक प्रबन्ध गरेको छ ।

५७ हजार बढीले लकडाउन उल्लंघन गरे    

प्रवक्ता डा. देवकोटाका अनुसार शान्ति सुरक्षा तर्फको कार्य समूहले उपलब्ध गराएको विवरण अनुसार गत चैत ११ गतेदेखि लागू भएको लकडाउनका क्रममा हालसम्म कूल ५७ हजार ३१३ जनाले उल्लंघन गरेको पाइएको छ । बिनाकाम सार्वजनिक स्थानमा गएको र आफूखुसी हिडेकालाई प्रहरीले पक्राउ गरेको हो ।

तीमध्ये ५७ हजार ३०२ जनालाई केही समय राखेर रिहा गरिएको छ । यस्तै, ३२ हजार ७२४ वटा सवारी साधनसमेत सो अवधिमा पक्राउ परेको छ । ती सवारीमध्ये २७ हजार ४४२ वटालाई छाडिएको छ । उनले लकडाउनको उल्लंघन नगर्न र कानूनको परिपालना गर्न समेत आग्रह गर्नुभयो ।

सिसिएमसीमा शान्ति सुरक्षाको सम्पूर्ण काम तथा विवरण भने गृह मन्त्रालयले उपलब्ध गराउने गरेको छ । देशका विभिन्न स्थानमा रहेका ४ हजार ४६ विदेशी पर्यटकलाई विभिन्न माध्यमबाट उद्धार गरी काठमाडौँ ल्याई उनीहरूलाई स्वदेश फिर्ता गरिएको छ ।

टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी    

लकडाउनपछि टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी कार्य जारी रहेको छ । सम्भावित बिरामीको पहिचान गर्न यही चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको छ ।

नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार नयाँ सीम पहिचान गरी उनीहरूलाई सम्पर्क गरिएको र पहिचान गर्ने काम भइरहेको छ । हालसम्म एक हजार ७५६ जनलाई कल सेन्टरले सम्पर्क गरेको छ । हालसम्म सम्पर्कमा आएका सम्भावित कोभिड–१९ सक्रमणका लक्षण भएका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ ।

कलसेन्टरसमेत नेपाली सेनाको छाउनीमा स्थापना गरिएको छ । सम्पर्क गरिएका व्यक्ति स्वास्थ्य संस्थामा गए नगएको समेत अनुगमन गरिएको छ । यस्तै, विभिन्न स्रोतबाट तथ्यांक संकलन गरी जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यक कारबाहीको लागि सिसिएमसीअन्तर्गत अन्य कार्य समूहलाई उपलब्ध गराइएको छ । यस्तै, कोभिड–१९ मोबाइल एप्समार्फत पनि एकीकृतरुपमा सूचना संकलन भइरहेको छ ।

प्रदेश, जिल्ला र स्थानीय तहलाई पिपिईको प्रयोगसम्बन्धी कार्यविधि, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, बिरामी ल्याउने कार्यविधि, कोभिड–१९ का बिरामी ल्याउने एम्बुलेन्स तथा शव बाहन सम्बन्त्री कार्यविधि, एम्बुलेन्स प्रयोग गरेर ल्याउने बिरामीको अवस्थासम्बन्धी कार्यविधि , फिबर क्लिनिक, द्रूत नमूना परीक्षणसम्बन्धी कार्यविधिसमेत तयार गरी लागू गरिएको छ ।    -रासस

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

विराटनगर, २७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६ सय ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ७८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३,...

वीरगन्जमा कोरोनाबाट थप १ महिलाको मृत्यु

वीरगन्ज, साउन १७-वीरगञ्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्ज महनगरपालिका-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण...

कर्णालीमा ३३ अर्बकाे बजेट

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...

अस्पताल भर्ना हुनुअघि ओलीले भने, ‘म नभए पनि सरकार निर्णय गर्न रोकिँदैन’

काठमाडौं, फागुन १९–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालमा रहे पनि सरकार अनिर्णयको बन्दी नहुने बताएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो...

विराटनगर ‘लक डाउन’ हुने भएपछी गुद्री बजारमा तरकारी किन्नेको भीड

विराटनगर, चैत १०–विराटनगर महानगरपालिकाले भोलिदेखि लकडाउनको घोषणा गरेपछि गुद्री बजारमा तरकारी किन्नेको भीड लागेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले भोलिदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ । साँझपख मात्रै गुद्रीमा तरकारी किन्नेको...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइनलमा

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब रानीलाई टाइब्रेकरमा...

समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । डाउनटाउनले आफ्नो सिर्भस प्रोजेक्ट अन्तर्गत प्रसूती र बाल स्वास्थ्य जागरूकतामा केन्द्रित कार्यक्रम आयोजना गरेको हो । सो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्