कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

 न्यूज विराट
कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

विराटनगर, १ वैशाख-नयाँ वर्षको आगमनसँगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा लाग्ने मेला यस वर्ष कोरोना भाइरसको जोखिमका कारण नलाग्ने भएको छ ।

सिरुवा पर्वमा जुड शीत्तल मनाउने र आफ्ना खेतबारीमा रहेका बोट बिरुवामा पानी हाल्ने चलन पनि छ । जुड शीत्तल बुढापाकाले आफ्ना सन्तानको शीरमा पानी छर्केर मनाउने गरिन्छ । यसबाट उनीहरु निरोगी र दीर्घजीवी हुने मान्यता छ ।

सुनसरीको पन्चाइनबाट ३० चैतदेखि सुरु हुने सो मेला १ बैशाखमा इटहरी नगरपालिकाको उबधीमा, २ गते सुनसरीको चाँदबेलामा, ३ गते गढी गाउँपालिकाको गढीमा, ४ गते चरैयामा, ५ गते छिटहा र पचिरामा, ६ गते सुनसरीकै खनार नजिकै भुस्कुलवा हुँदै यो मेलामा महिनाभरि चल्दै चाँदबेलामा वैशाख २७ र २८ गते दुईदिन मेला लागेर विश्राम लिइन्थ्यो ।

स्थानीय ग्रामथानको पूजा हुने मेलामा अत्यधिक मानिसको भीड लाग्ने र भीडभाडले कोरोनाको सङ्क्रमण हुने भएकाले स्थानीय प्रशासनले रोक लगाएको हो ।

मेलामा विभिन्न व्यावसाय गर्ने मानिसले पनि पहिले नै पूँजी जुटाएर सामानहरु खरिद गर्ने र मेलामा बिक्री गरेर हजारौँ आम्दानी गर्न गर्दै आएका थिए ।

मेलामा हातमा मेहँदी लगाउने, जेरी तथा मिठाइ पसल सञ्चालन गर्ने, चिसो पेय पदार्थ बिक्री गर्ने गरिन्थ्यो । बालबालिकादेखि पाका उमेर समूहका मानिसरु मेलामा घुमेको देखेर रमाइलो मान्ने र मानिसहरुबीच सम्बन्ध बढ्ने भएकाले तराईमा यसको बेग्लै महत्व रहेको सुनसरी चाँदबेलाका देवनारायण चौधरीले बताए ।

यस वर्ष मेला स्थगित हुने स्वाभाविक भएको उनले प्रतिक्रिया दिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले मेला लाग्दा भीडभाड बढ्ने भएकाले लकडाउनका अवधिमा कुनै पनि स्थानमा मेला लाग्न नदिइने जानकारी दिए ।

उनले सिरुवा पर्व परिवारभित्र मात्र मनाउन र कुनै पनि ठाउँमा भीड नगर्न आमनागरिकलाई अपिल पनि गरे ।

प्रजिअ पौडेलले लकडाउनको समयमा कुनै पनि नागरिक भारतबाट नेपाल प्रवेश नगरेको र रोक्नका लागि त्यस क्षेत्रमा सुरक्षा निकाय गम्भीर भएर लागेको स्पष्ट पारे ।

सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले परम्परादेखि सिरुवा पर्वमा लाग्ने मेला यसवर्ष लाग्न नदिने र यसका लागि मेला लाग्ने स्थानको पहिचान गरी प्रहरी परिचालन गरिने जानकारी दिए । रासस

सम्बन्धित समाचार

राससलाई बलियो बनाउन प्रदेश सरकारको सहयोग

विराटनगर, असार ५–प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचर समिति(रासस)लाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्ने बचन दिएका छन् । रासस प्रदेश नं.१ कार्यालय विराटनगरको आज नरीक्षण एवं वृक्षरोण गर्दै...

नेवा : देय दबुको अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ

विराटनगर । नेवाः समुदायको राष्ट्रिय संस्था नेवाः देय दबुको बिराटनगरको अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ चयन भएका छन् । विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले अम्बर सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।बङ्गलामुखि मन्दिरको प्राङ्गण झी पुचः...

आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं, १ जेठ-नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला,...

सर्वोच्चले भन्यो : पीसीआर परीक्षणको दायरा बढाउनू

काठमाडौं, १ जेठ-सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न...

भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ५ भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौं, १९ साउन-प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई  समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकमा ‘तेजाब आक्रमण, पीडितको अवस्था र...

विराटनगरका उद्योगिको आन्दोलन स्थगित

विराटनगर, १२ असार । अथर्थमन्त्री जनद्र्धन शर्माले माग सुनुवाई गर्ने आश्वासन दिएपछि विराटनगरका उद्योगीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आइतबार विभिन्न तीन संगगठनले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै अर्थमन्त्री शर्माले आफुहरुले राखेको मागप्रती ध्यानाकर्षण भएको...

सार्क राष्ट्रमा २ लाख २१ हजारमा संक्रमण, संक्रमितमध्ये २ प्रतिशतको मृत्यु

काठमाडौं, १० जेठ-पछिल्लो महिना सार्क राष्ट्रमा कोरोना संक्रमितको संख्या अत्याधिक बढी देखिएको छ । हालसम्म सार्कका ८ मुलुकमध्ये २ लाख २२ हजारमा ६ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छन् । कोरोना संक्रमितको संख्या सार्क...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्