कोरोनाविरुद्ध लड्न नयाँ वर्षमा उच्च मनोबल र सकारात्मक सोच विकास गरौँः राष्ट्रपति भण्डारी

 न्यूज विराट
कोरोनाविरुद्ध लड्न नयाँ वर्षमा उच्च मनोबल र सकारात्मक सोच विकास गरौँः राष्ट्रपति भण्डारी

काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना भाइरसले १ लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भएर जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छिन् ।

सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूप लिएको कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छिन्।

‘नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयास तीव्रताका साथ अगाडि बढेका छन् । गत वर्ष हामीले महत्वपूर्ण आर्थिक वृद्धि हासिल गर्न सफल भयौँ ।’ उनले शुभकामना सन्देशमा भनेकी छिन्, ‘विनाशकारी भूकम्पले भत्काएका निजी आवास तथा ऐतिहासिक र सां‌स्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा सफलता हासिल भएको छ । राष्ट्रव्यापी सडक सञ्जाल निर्माणमा निरन्तरता, विभिन्न जलविद्युत् परियोजनाहरू सम्पन्न हुने क्रमले यस वर्ष हाम्रो राष्ट्रिय आय र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिरहेकै बेला हामी विश्वव्यापी महामारीको चपेटामा परेका छौंँ ।’

सम्बन्धित समाचार

बिहीबार सबै अदालत बन्द

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार दिउँसो बसेको सर्वोच्च अदालतको...

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...

विराटनगरमा महायज्ञ मंगबलारदेखि सुरु हुने

विराटनगर । श्री शिव महापुराण ज्ञान महायज्ञ मंगलबारदेखि सुरु हुने भएको छ । श्री सिद्धेश्वर महादेव सेवा समिति विराटनगर ३ हलेसी टोलको आयोजनामा महायज्ञ सुरु हुने भएको हो ।फागुन ६ देखि १४ गतेसम्म संचालन हुने...

कोरोनाबाट ७ जनाको मृत्यु

काठमाडौं, २ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...

मिल्स गोल्डकप, सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले...

रुसमा करिब एक लाख मानिस कोरोनालाई जितेर घर फर्किए, नेपालीमा छैन संक्रमण

मस्को, जेठ ९–रुसमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमकणबाट निको भएर घर फर्किनेको संख्या करिक १ लाख पुगेको को । शुक्रबारसम्म रुसमा ९९ हजार ८ सय २५ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । पछिल्लो २४...

रूकुम घटनाको ४ दिनपछि थप १ शव फेला, बेपत्ता २ जनाको खोजी कार्य जारी

सुर्खेत, १४ जेठ-पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले जाजरकोटको भेरी नगरपालिका-९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला पारेको हो ।...

मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडाैं, २ साउन-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षकाे मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । दिउँसो २ देखि ३ बजेकाे बीचमा नेपाल न्युज नेटवर्ककाे प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गरिने डेपुटी गभर्नर चिन्तामणि शिवाकाेटीले शिलापत्रलाई जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्