आजदेखि नयाँ वर्ष प्रारम्भ, ‘लकडाउन’ का कारण घरमै बसेर मनाइँदै

 न्यूज विराट
आजदेखि नयाँ वर्ष प्रारम्भ, ‘लकडाउन’ का कारण घरमै बसेर मनाइँदै

काठमाडौं, १ वैशाख-नयाँ वर्ष २०७७ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले घरमै बसेर मनाउँदै छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का कारण घरमै बसेर नेपालीले नयाँ वर्ष मनाइरहेका हुन्।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । यद्यपि यो वर्ष कोरोनाका कारण नयाँ वर्ष खल्लो भएको छ ।

सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा/आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरु बताउँछन् ।

सम्बन्धित समाचार

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं, २७ साउन-वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र...

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

काठमाडौं, २० असार-ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । सरकारले...

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केन्द्रय कमिटिले पनि हटाउन सक्दैन : बास्कोटा

विराटनगर, २८ मंसिर–पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...

चर्को भाडा असुलेर यात्रु लगिएको छैनः सिटौला

काठमाडौं,  २६ जेठ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुसँग चर्को भाडा नलिएको स्पष्ट पारेका छन् ।महासंघ र उनको नाम जोडेर यात्रुसँग चर्को भाडा असुलेको समाचार बाहिर आएपछि महासचिव सिटौलाले स्पष्ट पारेका हुन् ।...

मोरङको धनपालथानमा कांग्रेस–एमालेबिच कडा टक्कर, झिनो मतले कांग्रेसको अग्रता

मोरङको धनपालथान गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच कडा टक्कर भएको छ । हालसम्म कुल ४०० मत गणना हुदा नेपाली कांग्रेसले झिनो मत अन्तरले अग्रता लिएको हो । नेपाली कांग्रेसबाट अध्यक्ष पदका...

कोरोना भाइरसले नयाँ विश्व व्यवस्था जन्माउन सक्छः प्रचण्ड

काठमाडौं, १ जेठ-नेपाल कम्यनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आईसीटी...

लक्षण नभएकालाई अस्पताल भर्ना नगरिने

काठमाडौं, ५ भदौ-अब लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमै राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले लक्षण नभएका र सामान्य लक्षण नभएका व्यक्ति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्