जनकपुरधाम, २९ चैत-करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हालसम्म कुल ३ सय ६३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ३६३ जनाको स्वाब संकलन गरिएकोमा १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ आएको प्रदेश २ सरकारअन्तर्गत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले बताए ।
‘प्रदेशका आठवटै जिल्लाअन्तर्गत रहेका क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरबाट कूु ३६३ जनाको स्वाब संकलन गरिएको छ,’ सचिव पुष्करले भने, ‘त्यसमध्ये १३२ वटाको परिणाम आएको छ, १३२ वटै नेगेटिभ पाइएको छ ।’
धनुषामा ३९, महोत्तरीमा ७, सप्तरीमा २४, सिरहामा ९, रौतहटमा २०, बारामा १०, पर्सामा २३ जनाको रिपोट निगेटिभ आएको छ , धनुषामा ४०, सिरहामा ४६, रौतहटमा ९५, बारामा ८, पर्सामा ३८, सर्लाहीमा १ र महोत्तरीमा ३ जनाको रिपोट आउन बाँकी रहेको सचिव पुस्करले वताए ।