डेरा गरेर अध्ययनरत विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइँदै

 न्यूज विराट
डेरा गरेर अध्ययनरत विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइँदै

बनियानी, २९ चैत-जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरूको गृह जिल्ला पुर्‍याइने भएको छ ।कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरूलाई गृह जिल्ला पुर्‍याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

उनका अनुसार झापामा करीब ३ सय ५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययन गरिरहेका छन् । त्यस्तै, झापामा राहत वितरणमा एकरुपता ल्याउन मापदण्ड बनाउने तयारी थालिएको छ ।

राहत वितरणमा गाउँपालिका र नगरपालिकाले टोल विकास संस्थालाई परिचालन गर्ने, राहत पाउने परिवार छनोटका लागि वडास्तरीय सर्वदलीय सर्वपक्षीय संयन्त्र गठन गरेर वास्तविक विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्ने व्यवस्था गर्न प्रदेश सरकारसँगको सहकार्यमा मापदण्ड बनाउने तयारी थालिएको संयोजक पोर्तेलले बताए ।रासस

सम्बन्धित समाचार

महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले...

जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

पछिल्ला दिनमा बिग्रिँदै गएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि आज दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच वार्ता हुन लागेको हो । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच...

विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा विद्यालय आंक्षिक रुपमा...

लिदी पहिरो : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी

काठमाडौं, ३० साउन-सिन्धुपाल्चोकको जुगल- २, लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । जुगल गाउँपालिका-२ का वडा अध्यक्ष प्रताप लामाले ११ जनाको शव झिकिएको बताए । शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो...

मकालु एभरेष्ट हस्पिटलमा विरामीका लागि सहज, घरमै पुगेर नमूना संकलन

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा विरामीको सहजको लागि ‘होम कलेक्सन सेवा’ सुरू गरेको छ । कुनै पनि विरामीको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परे हस्पिटलले...

रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा सुरु

विराटनगर, फागुन १०–मोरङको रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा शनिबारदेखि सुरु भएको छ । रतुवामाई नगरपालिकाले वडा नं. ६ सौँठा स्थित बुधबारे बजारमा शनिबार बृहत भेला आयोजना गर्दै आफ्नो छैठौँ नगरसभा सुभारम्भ गरेको हो ।कार्यक्रममा रतुवामाई नगरपालिकाका...

दलित समुदायका मुद्धामा प्रदेश सरकार संवेदनशिलः मन्त्री राई

विराटनगर, ९ भदौ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले दलित समुदायको सवालमा प्रदेश सरकार संवेदनशिल बनेको बताएकी छिन् । बुधबार राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं. १ को टोलीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री...

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्