नाराणकाजी श्रेष्ठले भने : सांसद विकास कोषलाई कोभिड-१९ नियन्त्रणमा प्रयोग गरौँ

 न्यूज विराट
नाराणकाजी श्रेष्ठले भने : सांसद विकास कोषलाई कोभिड-१९ नियन्त्रणमा प्रयोग गरौँ

काठमाडौं, २९ चैत-सांसद विकास कोषलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रण तथा रोकथाममा लगाउनु पर्ने माग बढिरहेको छ ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कोभिड-१९ नियन्त्रणमा उक्त कोष प्रयोग गर्न ढिला गर्न नहुने बताएका छन् । उनले सामाजि संजाल ट्विटरमार्फत आफ्नो विचार राख्दै उनले सांसद विकास कोष अनाआवश्यक मात्र नभई अनुचित भएको भन्दै आएको बताए ।

उनले उक्त कोषको रकम ज्यादै न्यून खर्च भएको उल्लेख गर्दै बाँकी रहेको रकमलाई कोभिड-१९ को संकट नियन्त्रणका लागि कोभिड-१९ कोषमा राख्न माग गरेका हुन् । उनले सांसद विकास कोष शीर्षकमा अबदेखि बजेट नराख्न पनि सुझाएका छन् । यसो गर्नु सही भएको भन्दै निर्णय लिन ढिलाइ नगर्न आग्रह गरेका छन् ।

‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ । अहिले कोभिड-१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड-१९ कोषमा राखौँ र अबदेखि यो शीर्षकमा बजेट नराखौँ’ उनले भने ‘यो सही छ। निर्णय गरिहालौँ ।’

सम्बन्धित समाचार

संक्रमित बढ्दै गएपछि कपिलवस्तुलाई सिल गरियो

बुटवल, २९ वैशाख-कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । आज साँझ ५ बजे...

समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो तयार भइसक्यो

काठमाडौं, माघ १५–प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अन्तरालमा देशले समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो समातेको बताएका छन् । उनले नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सरकार बनेको दुई वर्षमा मुलुकले अग्रगामी...

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, कोशी र अरनिको स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस...

हवाई उडान र अन्तर्राष्ट्रिय नाका जेठ मसान्तसम्म बन्द

काठमाडौं, ७ जेठ-आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो...

प्रदेश १ को कोरोना कोषमा जम्मा भयो २८ करोड ७८ लाख

विराटनगर, १२ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ । सो कोषमा प्रदेश...

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...

उदयपुरमा क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

उदयपुर, १९ वैशाख-उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको १ युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका...

पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्