काठमाडौंका ३ पसललाई कारवाही, ३ लाखसम्म जरिमाना

 न्यूज विराट
काठमाडौंका ३ पसललाई कारवाही, ३ लाखसम्म जरिमाना

काठमाडौं, २९ चैत-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा काठमाडौंका ३ पसललाई कारवाही गरेको छ ।विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत १ मासु पसल र २ किराना पसललाई जरिमाना गरिएको हो ।

विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार बजार अनुगमनका क्रममा बढी मूल्यमा मासु बिक्री गरेको भेटिएपछि नयाँ बानेश्वरस्थित आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिमाना तिराइएको छ ।

त्यस्तै बाफलस्थित न्यू बिके स्टोरलाई अनुचित व्यापारिक क्रियाकलाप गरेकामा (राहत वितरणमा म्याद गुज्रिएका सामान बिक्री गरेको) ३ लाख जरिमाना र सीतापाइलास्थित चितवन खाद्य सप्लायर्सले मूल्य बढी लिएको भेटिएपछि २ लाख जरिमाना गरिएको हो ।

ती पसलको कारवाहीबाट रु सात लाख राजश्व संकलन भएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको उनले जानकारी दिए ।

यसअघि विभागले बुधबार बजार अनुगमनका क्रममा बढी मूल्य लिएवापत बत्तीसपुतलीमा सञ्चालित मुस्कान मासु पसललाई रु दुई लाख जरिवाना लगाएको थियो । रासस

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

काठमाडौं, ११ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले श्रृंगलाले प्रधानमन्त्री...

लकडाउनले पर्यटन र हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरकाे क्षति

काठमाडौं, १९ असार-लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति...

अब दुई हजार रूपैयाँमै पीसीआर परीक्षण

काठमाडाैं, २८ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण शुल्क दुई हजार रूपैयाँ तोकेको छ । मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पीसीआर परीक्षणको अधिकतम...

मनसुनजन्य विपद् : २० दिनमा ३८ को मृत्यु, पाँच हजार विस्थापित

काठमाडौं, १९ असार । मनसुनजन्य विपद्मा परेर पछिल्लो २० दिनमा ३८ को मृत्यु भएको छ । २४ बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार...

बेलायत र रसियामा कोरोना संक्रमण द्रुत गतिमा बढ्दै

एजेन्सी, बैशाख ८-युरोपका स्पेन, इटाली, फ्रान्स, जर्मनीमा पछिल्लो केही दिन कोरोना संक्रमण घट्दो क्रममा रहे पनि बेलायत र रसियामा भने तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र बेलायतमा ५ हजार ९ सय संक्रमित...

कोरोना संक्रमणका काराण सुनवर्षीका एक पुरुषको मृत्यु

विराटनगर, साउन १४–कोरोना भाईरसको संक्रमणका कारण मोरङका एक व्यक्तिको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ का का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगरमा अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि सुनसरीको धरानस्थित वीपी...

५८० वर्षपछि भोलि लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण

काठमाडौँ, २ मंसिर । आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ ।...

यस कारण बन्द भयो विराटनगरको संजीवनी हस्पिटल, बजारको ४० करोड ऋण तिर्न बाँकी

विराटनगर । आर्थिक रूपले टाट पल्टिएपछि आन्तरिक विवादको कारणले विराटनगरको हस्पिटल चोकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि. बन्द भएको छ । नयाँ सेयर सदस्यहरूबीचको विवादका कारण बजारको ४० करोड रूपैयाँ ऋण नतिरी ५०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्