कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

 न्यूज विराट
कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो ।

वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो । यसअघि त्यहाँ एकदिनमा सबैभन्दा बढी संक्रमितको ८०९ जना थियो ।

यस्तै, शुक्रबार मात्रै भारतमा २२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४९ जना पुगेको छ । भारतमा साढे ६ हजार कोरोना संक्रमितको उपचार जारी रहँदा ७७४ व्यक्ति भने निको भएपछि घर फर्किसकेका छन् ।

शनिबार बिहानसम्म विश्वका २१० मा फैलिएको कोरोनाबाट झण्डै १७ लाख संक्रमित भइसकेका छ । जसमध्ये १ लाख २ हजारको मृत्यु हुँदा ३ लाख ७६ हजार संक्रमित उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार

वीरगन्जमा कोरोनाबाट थप १ महिलाको मृत्यु

वीरगन्ज, साउन १७-वीरगञ्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्ज महनगरपालिका-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण...

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा थप २ हजार ४ सय १...

विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी, २ असोज-विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको...

विराटनगरमा गठबन्धनका नागेशको फराकिलो मतअन्तर

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले मतअन्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता कायम गरेका कोइरालाले लगातार मतअन्तर बढाउँदै लगेका हुन् । सोमबार साँझ साढे ७ बजेसम्मको मत परिणाम अनुसार...

किशोरी ‘बलात्कार’ प्रकरणमा अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ । आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल...

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा अदालत जाँदै

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् । सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको...

१३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुँदै, २१० विद्यालयका ३ हजार बढी विद्यार्थीले भाग लिने

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट हुने भएको हो । प्याब्सनले विराटनगरमा...

ट्रम्प प्रशासनका पूर्वअधिकारीले भने,–अमेरिका आधुनिक इतिहासकै भयावह अवस्थामा छ

एजेन्सी, जेठ २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा काम गरेका पूर्व स्वास्थ्य अधिकारी रिक ब्राइटले अमेरिका कोरोना भाइरसका कारण आधुनिक इतिहासको सबैभन्दा भयावह अवस्थामा रहेको टिप्पणी गरेका छन् । रिक ब्राइट कोरोना भाइरसको खोप निर्माण गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्