आइतबारयता गरिएका कोरोना भाइरस (कोभिड-१९) परीक्षणमा कुनै पनि व्यक्तिमा संक्रमण भेटिएको छैन् ।नेपालमा कोरोना भाइरसको नवौँ सक्रमित भेटिएको ६ दिनसम्म नयाँ संक्रमित भेटिएका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिडसम्बन्धी ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले नयाँ संक्रमित नभेटिएको बताएका हुन् ।
नेपालमा अहिलेसम्म भेटिएका ९ जनामा संक्रमितमध्ये एकजना संक्रमण मुक्त भएका छन् । अन्य ८ जनाको उपचार भाइरको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता देवकोटाले बताए ।
नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ दिनसम्म अवस्था स्थिर देखिएको छ । यसबीचमा सरकारले कोरोना संक्रमणको आशंका गरिएको नमुना परीक्षण तीव्रता दिएको बताएको छ ।